कलकत्ता प्रिमियर लिगमा कोडरपोरबाट बिरेन प्रधान

Share this news

दार्जीलिङ, 21 जुन (निसं): दार्जीलिङको छोरा बिरेन प्रधानहरूले कलकत्तामा भइरहेको सीएफएल प्रिमियर लिगको निम्ति विषेश प्रशिक्षण शिविर समाप्त गरेको छ। आगामी 25 जुनदेखि शुरू हुने सीएफएल प्रिमियर लीग फुटबल खेलको पहिलो चरणमा  किडरपोर स्पोर्टिङ क्लब बनाम वारिएथलेटिक क्लबको माझमा आगामी 28 जुनको दिन भिडन्त हुने खेल विधाननगर एमएसए मैदानमा 3 बजेदेखि हुनेछ। पहाडी भेगको खेल जगतमा निकै चर्चित खेलाडी बिरेन प्रधानहरूले कलकत्तामा भइरहेको सीएफएल प्रिमियर लिगको निम्ति विषेश प्रशिक्षण शिविर समाप्त गरेर लीग प्रतियोगिताको निम्ति तैयारी रहेको जनाए। गत 15 जुनदेखि हुने सीएफएल प्रिमियर लीग प्रतियोगितामा किडरपोर स्पोर्टिङ क्लबको पक्षमा बिरेनले खेल्ने भएको छ। तर कतिपय कारण वश खेल तालिकाको मिति परिवर्तन भएकोले आगामी 25 जुनदेखि खेल आरम्भ हुने जनाए। अभेग क्षेत्र मजुवा ग्रामको छोरा बिरेन प्रधानलाई किडरपोर स्पोर्टिङ क्लबको रक्षापंतीको स्थानमा र 4 नम्बर जर्सीमा आगामी 28 जुनको दिन विधाननगर एमएसए खेलमैदानमा हुन गइरहेको कलकत्ता प्रिमियर लिगमा देखिने भएको छ। पहाडको विभिन्न गोल्डकपहरूमा युनाइटेड खरसाङ फुटबल क्लबको पक्षमा उत्कृष्ट खेल प्रर्दशन गर्दै रक्षापंक्तिको रूपमा पर्खाल सरह निर्धक्क खेल्ने बिरेन प्रधानलाई यस पटक प्रिमियर लीगमा देखिने भएको छ। धेरै दबावमा पनि निर्धक्क खेल्न सक्ने क्षमता भएको बिरेनले विभिन्न ठूलो-सानो खेलहरूमा दर्जनौं प्लेर्यस अफ द म्याचको उपाधिले सम्मनित भईसकेका उनको योग्यताले सीएफएल प्रिमियर लीगमा उनको पदार्पण भइरहेको दार्जीलिङ मजुवा ग्राम बतासे बस्ति अभेग क्षेत्रका प्रतिभा हुन उनिसँग दार्जीलिङ निवासी निवास राणा पनि किडरपोर स्पोर्टिङ क्लबबाट खेल्ने जानकारी पाइएको छ।


Share this news
आजको रोजाइ
जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार