गाडीधुरा नवदीप परिवारद्वारा आयोजना हुन लागेको 81औं बलिदान दिवस श्रद्धाञ्जली कार्यक्रममा “प्रथम गाडीधुरा नवदीप परिवार भीम लकान्द्री स्मृति सम्मान पुरस्कार-2025” जीटीए सूचना एवं सांस्कृतिक मामिला विभागका भारप्राप्त सभासद साथै जीटीए आइडल सिजन-एकका निर्देशक अनोश कुमार थापालाई दिइने निर्णय लिइएको छ। त्यसबाहेक गाडीधुराका एक वरिष्ट शिक्षक जसले गाडीधुरामा साठीको दशकमा यस क्षेत्रका नानीहरूलाई निःशुल्क शिक्षा प्रदान गरि विद्यालयको शुरूआत गर्ने जेबी छेत्रीलाई सम्मान जनाइने भएको छ। यसबारे जानकारी गराउँदै आगमी 25 अगस्त पालन गरिने श्रद्धाञ्जली कार्यक्रममा सबैलाई उपस्थित भइदिने गाडीधुरा नवदीप परिवारको पक्षबाट आग्रह गरिएको छ।
