गोर्खाको गौरव मानिने पहाड़को किपट तथा सम्पदा भानु भवनमा कुनै पनि अवस्थामा मेला र जुवा खेलाउन नदिने आइजीजेएफकी नेत्री नोरा सुब्बाले बताएकी छिन्। उनले यसको निम्ति आफूहरूलाई धर्ना प्रदर्शन गर्न परे पनि तयार रहेको बताउँदै भानु भवनलाई पैसा कमाउने ठाउँ बनाउन कदापि नदिने सुब्बाले जानकारी दिएकी छिन्।
