भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा खरसाङको गिध्द पहाडस्थित जीटीएको सचिवालयमा सम्पन्न भएको थियो। भागोप्रमो तीनधारे महानदी समष्टिको पर्यवेक्षक सभासद प्रणाम रसाइलीको कार्यालयमा सम्पन्न सभाको अध्यक्षता भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो। सभालाई तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले सञ्चालन गरेका थिए। सभामा युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति एवं घैयाबारी ग्राम पञ्चायत तीनको उप प्रधान केवल राई, महानदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पा, घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान एवं भागोप्रमो तीनधारे महानदी समष्टिको उप सभापति रञ्जित थापा, युवा शक्ति तीनधारे महानदी समष्टिको सांगठनिक सचिव बिक्की पाख्रिन, पञ्चायत सदस्या बिनिता रसाईली, पञ्चायत समिति सदस्यहरु क्रमैले कुसाङ लामा, दावा वाङ्दी लामा, कुसुम तामाङ, सरिता मुखिया आदिले सांगठनिक गतिविधि र भावी कार्यक्रमहरु विषयमा वक्तव्य राखेका थिए।
