भागोप उत्तर प्रदेश शाखाको सांसद बिष्टसङ्ग भेटवार्ता

Share this news

भारतीय गोर्खा परिसङ्घ उत्तर प्रदेश शाखाको प्रतिनिधिमण्डलले परिसंघका राष्ट्रिय उपाध्यक्ष तथा क्षेत्र ४ का अध्यक्ष – अनिल थापा, प्रदेश कार्यवाहक अध्यक्ष – डीबी थापा, प्रदेश कोषाध्यक्ष – शेरबहादुर राणा, प्रदेश संगठन सचिव रवि विश्वकर्माको टोलीले दार्जीलिङका सांसद राजु बिष्ट समक्ष गोर्खा समाज उत्तर प्रदेशका आधारभूत समस्याहरू जस्तै जनसङ्ख्या शून्य देखाउने, ओबीसी नहुने, पासपोर्ट बनाउन नपाउने र प्रशासनले गोर्खाहरूको प्रतिवेदन आयोगमा नपठाउने आदि विषयमा आफ्नो विचार प्रस्तुत गरेको थियो। जसमा सांसद बिष्टले आफ्नो कुरा राख्दै, उत्तर प्रदेशका मुख्यमन्त्रीलाई यस समस्याको बारेमा चाँडै जानकारी गराउने बताए। यसका साथै, सांसद बिष्टले आगामी जनगणनामा उत्तर प्रदेशहरूले कसरी स्तम्भ भर्ने भन्ने बारेमा छिट्टै बैठक बस्ने जानकारी पनि दिए। जसमा उत्तर प्रदेशको टोली पनि संलग्न हुने आश्वासन दिएको प्रदेश कोषाध्यक्ष शेरबहादुर राणाले जानकारी दिएका छन्।

Bhagop Uttar Pradesh Branch MP Bistasang meeting


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान