जीटीए आइडलको सेमिफाइनलमा प्रवेश गरेकी पंखाबारी लङ्भ्यू अम्बटे समष्टिकी प्रतियोगी सुजता लामगादेलाई शुभकामना अनि बधाई दिन आइतबार गाडीधुरामा एक कार्यक्रमको आयोजना गरियो। क्षेत्रीय सभासद कल्पना प्रधानको विशेष पहलमा आयोजित कार्यक्रमको सञ्चालन भागोप्रमो पंखाबारी अम्बटे लङ्भ्यू समष्टि सचिव ललित प्रधानले गरेका थिए भने कार्यक्रममा समष्टि सभापति तथा सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन लगायत समष्टि अनि स्थानीय प्रतिनिधिहरू उपस्थित थिए। कार्यक्रममा उपस्थित सबैले सुजाता लामगादेलाई श्रद्धा लगाएर बधाई अनि शुभकामना दिए भने सहयोग राशि पनि प्रदान गरियो। कार्यक्रमलाई सभासद कल्पना प्रधानले अनि सुजाता लामगादेले सम्बोधन गरेका थिए भने कार्यक्रमपछि सभासद कल्पना प्रधान, सुजाता लामगादे अनि मणिराज डुम्जनले पत्रकारहरूलाई सम्बोधन गरे।
