पेशोक-लामाहट्टा, 14 नोभेम्बर : लामाहट्टा निवासी बेञ्जामिन सुब्बा फेस अब द हिल को उपाधी जित्न सफल बनेका छन् । उनको यो सफलताले क्षेत्रमा हर्ष छाएको छ् । यस् अवसरमा लामाहट्टा खण्ड समितिले हर्ष प्रकट गर्दै फेस अब द हिल विजेता बेञ्जामिन सुब्बालाई बधाई ट्क्राएका छन् । गत नौ नोभेम्बर कालेबुङ स्थित बाह्र माईल, सुमीयाश्रीमा आयोजित फेस अब द हिल प्रतियोगितामा लामाहट्टा निवासी बेञ्जामिन सुब्बाले उक्त उपाधि जित्न सफल बनेको सुब्बाले जनाएका छन् ।
सुब्बाले फेस अब द हिल संगै अर्को मिस्टर ट्यालेन्टेड को उपाधि पनि प्राप्त गरेको बताएका छन् । यसका साथै नगद राशी पचास हजार रुपिया प्राप्त गरेका छन् ।
सुब्बाले फेस अब द हिल संगै अर्को मिस्टर ट्यालेन्टेड को उपाधि पनि प्राप्त गरेको बताएका छन् । यसका साथै नगद राशी पचास हजार रुपिया प्राप्त गरेका छन् । युवाहरुमा निहित कला वा क्रिएटीभिटीलाई पस्किनु अनि अवसर प्रदान गर्नु नै उक्त प्रतियोगिताको लक्ष्य रहेको बेञ्जामिनको भनाई रहेको छ् भने आफ्नो क्षेत्रलाई यस्ता कला हरुले गौरवान्वित गराउदै चिनाउने पहल बेञ्जामिनले गरेका छन् भन्दै खण्ड समितिका शील कुमार प्रधानले बताए।











