खरसाङको नयाँ बजारस्थित स्कूल अफ् गिटार लर्निङको आयोजनामा खरसाङमा संगीतलाई लिएर सचेतना कार्यक्रम गरिएको थियो। खरसाङको वर्ध्दमान रोडमा रहेको एक होटलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा भायोलिन वादक देशराज गजमेर उपस्थित रहेका थिए। कार्यक्रममा संगीत विषयमा नानीहरुलाई सचेतना एंव जानकारी गराउन मुख्य शोध वक्ताको रुपमा आन्दन्ते स्कूल अफ् म्युजिक सिलगढीको निर्देशक अभिषेक गहतराज उपस्थित रहेका थिए। कार्यक्रममा अमीरमाया गहतराज, निर्मल कुमार गहतराज लगायत अन्यहरु उपस्थित रहेका थिए। यस कार्यक्रमलाई स्कूल अफ् गिटार लर्लिङ खरसाङको निर्देशक नर्बु छिरिङ शेर्पाले सञ्चालन गरेका थिए। यस कार्यक्रममा नानीहरु र अभिभावकहरुलाई आन्दन्ते स्कूल अफ् म्युजिक सिलगढीको निर्देशक अभिषेक गहतराजले संगीतको विभिन्न विषयहरुमा चर्चा परिचर्चा गर्दै जानकारीसहित सचेतना गराएका थिए। यस कार्यक्रममा स्कूल अफ् गिटार लर्निङ स्कूलका नानीहरुले संगीतमा आफ्नो आफ्नो प्रस्तुतिहरु दिएका थिए। कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्कूल अफ् गिटार लर्निङ खरसाङको तर्फबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको स्कूल अफ् गिटार लर्निङ खरसाङको निर्देशक नर्बु छिरिङ शेर्पाले जानकारी गराएका छन्।
