काउले गाउँकी पैह्राे पीडित सिमरन तामाङसित जीटीए सभासद मिलेस राईले भेट गरि आवश्यक सहयाेग गर्ने वचन दिए। यस विषयमा जीटीए प्रमुख अनित थापाले आफ्नाे फेसबुकमा यसरी लेखेका छन्। काउले बीच गाउँ, वार्ड नम्बर 6 मा एउटी छोरी सिमरन तामाङ्ग एक्लै बस्दा रहेछन्। 4 अक्टोबरको वर्षामा उसको घर पछाडी पहिरो गएर घरभित्र नै पहिरो पसेको थाहा पाएपछि आफूले तुरन्तै घटनाको पूर्ण जानकारी लिनु सभासद मिलेश राईलाई पठाएको बताए। सभासद राईले नानीलाई भेटेर जानकारी पनि लिए। जानकारी अनुसार घटना पश्चात उनी क्याम्पमा बसेका थिएछन्। क्षतिपूर्तिको निम्ति नगरपालिकाले केही कागजात मागेको कारण उनी घर फर्केर आएछन्। उनी अहिले आफन्तको घरमा बस्दै गरेकी थापाले बताएका छन्। आफूले पनि नानीसँग सम्पर्क गरेर बात गरेको थापाले बताए। उनले नानीको घरको मर्मत मात्र होइन नयाँ घर नै बनाइदिने वाचा गरे। एक टुहुरो नानी, त्यही माथि एक छोरी। क्लास XII पढेका रहेछन्। नानीले ब्युटी पार्लरको तालिम लिने इच्छा जाहेर गरेकी छन्। उनको इच्छा अनुसार उनलाई व्युटिसियनको तालिम दिएर गरिखाने बनाउने वाचा जीटीए प्रमुख अनित थापाले गरे।