सिलगढीमा अध्ययनरत गोर्खा विद्यार्थीहरूमाथि भइरहेको दुर्व्यवहारप्रति युवा शक्ति केन्द्रीय उपाध्यक्ष अनुप गदालले कडा शब्दमा भर्त्सना गरेका छन्। पहाड, तराई र डुवर्स क्षेत्रका सयौं विद्यार्थी र पेशाकर्मीहरू बसोबास गर्दै आएको सिलगढीमा पछिल्ला दिनहरूमा मानसिक, सामाजिक र जातीय आधारमा दुर्व्यवहारका घटनाहरू बढेको गदालले जनाएका छन्।
गदालले यस्ता जातीय पूर्वाग्रही र अपमानजनक व्यवहार कुनै पनि हालतमा स्वीकार्य नभएको बताएका छन्। तिनले पुलिस अधिकारीहरूलाई यस्ता कार्यमा संलग्न व्यक्तिहरू विरुद्ध तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्।
