“गोर्खाल्यान्ड” नभएसम्म गोर्खा बिरोधीहरुको दृष्टिकोण त्यही रहन्छ, हामीलाई बिदेशी नै भनेर लाञ्छना लगाउँछन् उनीहरूले। तर हामी उग्र भएर जाइलाग्नु भन्दा पनि संयम र धैर्य राखेर न्याय अनि अधिकारको निम्ति लड्नु पर्छ। यी कुरा गोक्खाल्यान्ड एक्टिविस्ट समूहका संयोजक किशोर प्रधानले भनेका हुन्। प्रधानले गोर्खाल्यान्ड गठनको निम्ति अघि बढ्नु पर्छ। एकछिनको आक्रोशले स्थायी समाधानको बाटो ननिस्कने बताए।
