1/11 गाेर्खा राइफ्ल्स भेटरेसन्स एशाेसिएशन दार्जीलिङ एण्ड कालेबुङकाे वार्षिक सभा साथै 66 ओैं स्थपना दिवस आगमी 1 सेप्टेम्बरमा भव्य कार्यक्रमकाे साथमा मिरिक रङ्गशाला भवनमा पालन गरिने संगठनका अध्यक्ष अवकाशप्राप्त अनरेरी कप्तान दिनेश कुमार राई, सचिव अवकाशप्राप्त सुवेदार शिवकुमार प्रधान अनि आयाेजक समितिका सचिव हवलदार कल्याण राईले बताए। कार्यक्रममा विशेषरूपले बीरचक्र पुरस्कारले सम्मानित अवकाशप्राप्त अनरेरी कप्तान ज्ञानेन्द्र राईकाे पनि उपस्थिति रहने बताए। कार्यक्रमलाई भव्य अनि सभ्य बनाउन तयारी भइरहेकाे पनि पदाधिकारीद्वयले बताए।