सर्वोच्च न्यायालयको निर्णय विरुद्ध ओर्लिए दार्जीलिङका पशुप्रेमीहरु। दिल्लीको भतुवा कुकुरहरु सेल्टर-मा राख्नपर्ने न्यायालयको निर्देशलाई क्रुरताको स्वरुप बताउँदै यस्तो निर्णयले पशुहरुको स्वतन्त्रता हनन् हुने पशुप्रेमीहरुले दावी गरेका छन्। हिजो ७९औं स्वतन्त्रता दिवस अवसरमा चौरस्ता परिसरमा प्लाकार्डहरु देखाउँदै प्रतिवादमा ओर्लिएका पशुप्रेमीहरुले यस्तो अमानवीय निर्णय विरुद्ध एकजुट भइदिने आह्वान गरेका छन्।
