विनाशकारी पैह्राेले मिरिक थर्बु डुप्टिन समष्टि अन्तर्गत देवराली बस्ती अनि नाम्सुमा पनि व्यापक क्षति गरेकाे छ।जसकाे स्थलगत भ्रमण जीटीए कार्यपाल अनित थापाका मुख्य सल्लाहकार अमर लामा अनि क्षेत्रीय सभासद मिलेस राईले गरि वस्तुस्थिति बुझे। भ्रमण अवधि उनीहरूले क्षय क्षतिकाे जानकारी संग्रह गरे भने पीडितहरूसित भालाकुसारी गरे।