लोवर फागु चिया बगानका श्रमिकहरूले आजसम्म बोनस नपाएको विषय बारे हिल प्लान्टेसन इम्प्लोइज युनियनले श्रम विभागलाई पत्राचार गरेको छ।
हिल प्लान्टेसन इम्प्लोइज युनियन कालेबुङ जिल्ला संयोजक अनुपा तामाङले लोवर फागु चिया बगानमा सरकारी एडभाइजरी अनुसार आजसम्म बोनस नदिइएको विषय बारे अतिरिक्त श्रम आयोगलाई जनाउँदै चाँडो भन्दा चाँडो यस विषयमा पहल गर्नु पर्ने माग गर्दै पत्राचार गरेकी छन्।
