5 सेप्टेम्बर 2000 सालदेखि संचालनमा आएकाे मिरिक कलेजले शिक्षक दिवसकाे पावन अवसरमा शुक्रबार विविध कार्यक्रमकाे साथमा स्थपनाकाे पच्चीसबर्ष रजत जयन्ती पालन गर्याे। पूर्व राष्ट्रपति डा. सर्वप्ल्ली राधाकृष्णनकाे फाेटाेअघि दीप प्रज्वलन, कलेजकाे झण्डा उत्ताेलन अनि केक कटिङ गरेपछि शुरू भएकाे कार्यक्रमकाे अध्यक्षता कलेज संचालन समितिका अध्यक्ष श्रीमती पुनम विश्वले अध्यक्षता गरेकाे कार्यक्रमकाे संचालन प्राध्यापकहरू सफल राई अनि विक्रम राईले गरेका थिए भने मुख्य अतिथि गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापा थिए। कार्यक्रममा मिरिक महकुमा शासक, कार्यकारी सभासद अरूण सिग्ची, सभासदहरू मिलेस राई, धुर्ब बम्जन, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, जनसम्पर्क अधिकारी विवेक गाेले ,मिरिक पन्चायत समितिका निर्वाचित प्रतिनिधिहरू, ग्राम पन्चायतका निर्वाचित प्रतिनिधिहरू, मिरिकका विभिन्न संघ संस्था, शैक्षिक संस्थानका प्रतिनिधिहरू, मिरिक कलेजका संस्थापकहरू, भूतपूर्व विद्यार्थीहरू लगायत अन्यकाे व्यापक उपस्थिति रहेकाे थियाे। शुरूमा कार्यक्रमका मुख्य अतिथि एवं जीटीएका प्रमुख अनित थापालाई मिरिक कलेज परिसरमा कलेज परिवार अनि अन्यले भव्य स्वागत जनाए।
मिरिक कलेजले पालन गरयो शिक्षक दिवसङ्गै रजत जयन्ती पालन
- Post author:admin
- Post published:September 5, 2025
- Post category:शिक्षा
- Post comments:0 Comments
Tags: मिरिक