वृद्धहरू साथै दिव्यांगहरूलाई महाकाल मन्दिर दर्शनको निम्ति ब्याट्री कार र व्हीलचेयर-को व्यवस्था 

Share this news

दार्जीलिङ,20 जुलाई(निसं): दार्जीलिङ पहाडमा अवस्थित विश्व प्रशिद्ध महाकाल डाँडा तथा महाकल मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सधै सेवा पुर्‍याइरहेको महाकाल मन्दिर परिचालक समितिले अब मन्दिर दर्शन गर्न आउने वृद्धहरू एंव  दिव्यांगहरूलाई महाकाल मन्दिरसम्म ओहोरदोहोरको सुविधाको निम्ति ब्याट्री कार अनि व्हीलचेयर-को सेवा पनि प्रदान गरिने भएको छ भनी महाकाल मन्दिर परिचालक समितिका पुर्व मूल सचिव मदन कुमार सुब्बाले जानकारी दिएका छन्।
यसै सम्बन्धमा समितिका पुर्व मूल सचिव मदन कुमार सुब्बाले जानकारी दिए अनुसार, दार्जीलिङको महाकाल डाडाको महाकाल मन्दिर परिसरमा त्रिपुरारी, त्रिनेत्रधारी, त्रिकालदर्शी शिव (महाकाल) वीराजमान छन् , यो अटुट विश्वास हो सम्पूर्ण भक्तजनहरुको। महाकाल, जो  अत्यन्त पवित्र, शक्तिशाली, दयालु, दुःख कष्ट निवारक साथै फलप्रदाता छन्। वास्तवमा यो अकाट्य सत्य पनि हो। महाकाल हाम्रो  रक्षक, संरक्षक, त्राता, अभय प्रदाता, सृष्‍टिकर्ता, पालनहार एंव संहारकर्ता पनि हुन। उनले अझ भने, सर्वव्यापी भगवान महाकालमा कसको पो आस्था, विश्वास र समर्पण नहोला। युगौ युगौ देखि असङ्ख्य दैवीप्रकोप र प्राकृतिक आपदा आदिहरूले पनि दार्जीलिङलाई खासै विनाशक प्रभाव र क्षति भने  पार्न नसकेको वास्तविक कारण उनै रक्षक महाकाल हो भन्ने जनविश्वास छ।  यसैले भक्तहरूको कष्ट निवारण गर्ने,  सबैको दुःख हर्ने सबै सबैको मनकामना पूर्ण गरिदिने त्रिकाल परमेश्‍वर भोले बाबाको पवित्र स्थल महाकाल मन्दिरको दर्शन गर्न जो केही पनि सदा सर्वदा आतुर र तत्पर रहिरहेका हुन्छन।
उनले अझ भने, भक्तजनमा पनि जो शारीरिक रूपमा सक्षम छन्, उनीहरूलाई महाकाल मन्दिर दर्शनको गर्न पुग्न उति कठिन नहोला तर  शारीरिक रूपमा अक्षम तथा  विकलांग वा दिव्यांगहरू एंव  वृद्धहरूलाई  भने मूल मन्दिरसम्म पुग्न  प्राय: असम्भव नै हुन्छ। महाकाल मन्दिरको पवित्रता, अखण्डता, गरिमा, दैव्यता आदिको संरक्षण, सञ्चालन हेतु मन्दिर परिसरमा सेवा प्रदान गर्ने  दुई वटा सक्रिय संस्थाहरु  महाकाल मन्दिर परिचालक समिति र महाकाल मन्दिर पूजा कमिटीले शारीरिकरूपमा असमर्थ,  असक्ष्यम तथा वृद्धहरूलाई  महाकाल डाडाको मूल मन्दिर सम्म कसरी पुर्‍याउन पर्ने हो यस जटिल समस्यालाई समाधान गर्न यी दुई संस्थाले एउटा संयुक्त कार्यकारी समिति गठन गरेर उक्त समितिले ती असम्भवनाहरूलाई पार गर्ने विकल्पहरू माथि धेरै सोध र अनुसन्धान र प्रयास गरे।  विकल्पहरूमा ‘एलिभेटर’ या ‘लिफ्ट ‘(स्वचालित सिढी), भरिया सेवा, घोडा सेवा आदि माथि पनि धेरै चर्चा परिचर्चा नगरेको होइन तर यी सबै विकल्पहरू  वास्तवमा  व्यावहारिक  नभएका हुनाले समिति केही हद सम्म हतोत्साहित पनि बन्यो। महाकालबाबाको कृपाले  मन्दिर को उत्तर पूर्व भागमा अङ्ग्रेज-कालिन निर्मित एउटा पोनी रोड, जो अति नै तिरस्कृत र भग्नावशेष अवस्थामा रहेको सबैलाई स्मरण भयो। समितिको निरन्तर सभा सहित प्रयास ले उक्त उपेक्षित पोनि पथलाई नै  पुनःस्थापित या पुन:रोत्थन गरि ती असहाय भक्तजन हरूलाई व्हीलचियर-मा ओहोरदोहोर गराउने एक मात्र उद्देश्य लिएर पाइला चाल्ने समितिले अठोट गरि चुढान्त निर्णय लिइयो।तँ चिता म पुर्‍याउँछु भन्ने उक्तिलाई महाकाल देवले चरितार्थ गरिदिए।गत 2024 सालको हनुमान जयन्तीको पावन पर्वमा महाकाल डाडाको  भ्रमणमा आइपुगेका सिक्किम राज्यका मुख्यमन्त्री पीएस गोलेले समिति पवित्र उद्देश्यलाई सराहना र प्रशंसा गर्दै कुनै शर्तविहीन सहयोगको आश्वासनले समितिद्वयले  गत 10 मई 2024 सालदेखि वैकल्पिक पथको जीर्णोद्धार एंव निर्माण कार्य आरम्भ गरिएको। उनले अझ भने, जसोतसो निर्माण कार्य अघि बढ़्दै गयो सहयोगी हातहरु पनि नियमित रुपमा आइरह्यो अनि आइरहेछ।बाबाको अनुपम कृपाले निर्माण कार्यमा कहिलै कतैबाट पनि अवरुद्ध,  बाधा, अड्चन केही नभई सो वैकल्पिक पथ यसै सालको अत जुन महिनामा पूर्ण निर्माण पनि भयो।  उक्त पथको निर्माण बाट सन्तुष्ट र खुशी भएर मुख्यमन्त्री गोलेले उनको निजी वेतनबाट नव निर्मित पथमा भक्तजनहरूको सुविधाको निम्ति पर्यावरण अनुकूल (ईको फ्रेण्ड्ली) एउटा ब्याट्रीबाट चल्ने वाहन ब्याट्री कार पनि अनुदान गरे । यसै प्रकारले रोटरी क्लब, उत्तरयान, सिलगढीबाट पनि तीनवटा व्हीलचेयर अनुदान स्वरूप प्राप्त भएकोछ। यी यान उपकरणहरु स्थानीय माल रोड, होटल पाइन ट्री,जीमखाना क्लब मुनिदेखि महाकाल मन्दिरको हावा घरसम्म ओहोरदोहोर चल्ने योजना छ। वैकल्पिक बाटो तयार छ, कार र व्हीलचेयर आदि सबै तयार छन् अब कतिपय व्यवस्थापन, विभागीय प्राधिकरण औपचारिकता पूर्ण भएपछि महाकालको अनुग्रहित दिन र साइतमा सो सुविधाजनक महाकाल मन्दिर यातायात शुभारम्भ हुनेछ निश्चय भएको समिति पुर्व सचिव मदन कुमार सुब्बाले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ