एनएच -1 0 पहिरो र क्षतिले अवरूद्ध

Share this news

जाम र विभिन्न समस्या पर्यटक अनि यात्रीहरू

लगातार परेको भारी वर्षाले राष्ट्रिय राजमार्ग–१० (एनएच-10) मा गम्भीर अवरोध सिर्जना गरेको छ। एनएच–१० क्षेत्रको आपूर्ति र आवागमनको मेरूदण्ड मानिन्छ। सिलगढी, कालेबुङ र सिक्किम जोड्ने यो महत्वपूर्ण मार्गमा एकसाथ पहिरो, सड़क ध्वस्त र ढुंगा खसेपछि सयौँ यात्रु घण्टौँसम्म अलपत्र परेका थिए।

एनएचआईडीसीएल (एनएचआईडीसीएल) का अनुसार, सड़कका पहिरोप्रवण क्षेत्रहरू – सेती झोरा, सेल्फी ड़ाँडा, बिरिक ड़ाँडा, लिखुभीर, मल्ली र भालु खोला – मा खास गरी झरीले क्षति पुगेको छ। कतै सड़क भासिएको छ भने कतै माथिबाट खसेको ढुंगा–माटोले सड़क पूरै बन्द भएको छ। भारी मेसिनरी परिचालन गरेर अवरोध हटाउने प्रयास भइरहेको भए तापनि लगातारको वर्षाले कार्यमा गम्भीर अवरोध भएको थियो।

कालेबुङ जिल्ला पुलिस अधिक्षक श्री हरि पाण्डेले प्रहरी टोलीहरू प्रभावित स्थानहरूमा खटिई ट्राफिक व्यवस्थापन गरिरहेको जानकारी दिएका छन्। उनले यात्रुहरूलाई योजना बनाएर यात्रा गर्न र अनावश्यक यात्रा नगर्न अनुरोध गरेका छन्।

कालेबुङका जिलाधीश बालासुब्रमण्यम टीले यात्रुहरूलाई सचेत गराउँदै जनाएका छन्, “एनएच–१० को जोखिमयुक्त भागमा अत्यन्त सावधानीपूर्वक सवारी गर्न साथै वैकल्पिक मार्गहरू उपलब्ध भए प्रयोग गर्न अपिल गरेका छन्।

सड़क बन्दका कारण पर्यटक, विद्यार्थी, कामकाजी मानिसहरू लगायत धेरै यात्रु लामो समय सड़कमा अलपत्र परेका छन्। वैकल्पिक मार्गहरूको अभाव, अनि जटिल भौगोलिक बनावटका कारण यातायात व्यवस्थापनमा थप चुनौती आइरहेको छ।

एनएच–१० बाटै खाद्यान्न, इन्धन, औषधि, निर्माण सामग्री लगायतका अत्यावश्यक वस्तुहरू सिक्किम र कालेबुङ पुर्‍याइन्छ। मनसुनको शुरू मै यस्तो छ भने आउँदो दिनहरूमा सड़कका धेरै खण्डहरू भत्किएकाले आपूर्ति श्रृङ्खलामा गम्भीर असर पर्ने देखिएको छ।

प्रशासनले सर्वसाधारण सतर्क रहेर वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ, यद्यपि, ती मार्गहरू पनि जोखिमयुक्त रहेका छन्। यस अवस्थाले क्षेत्रीय पूर्वाधार तथा विपद् व्यवस्थापन प्रणाली थप सुदृढ गर्नुपर्ने आवश्यकता झन् तीव्र बनाएको छ।

सड़क मर्मत तथा पहिरो हटाउने कार्य जारी छ, तर अनिश्चित मौसमले कामलाई प्रभावित बनाइरहेको छ। प्रशासनले अत्यावश्यक नपरेसम्म एनएच–१० प्रयोग नगर्न सबैलाई आग्रह गरेको छ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान