35 नम्बर समष्टिका युवाहरूलाई लिएर हिल टीएमसीको बैठक सम्पन्न

Share this news

हिल टीएमसी दार्जीलिङ जिल्ला युवा अध्यक्ष सुमन गुरूङको नेतृत्वमा ३५ नम्बर समष्टिका युवाहरूलाई समेटेर एक महत्वपूर्ण बैठक सम्पन्न गरिएको छ। बैठकमा संगठन विस्तार, नेतृत्व हस्तान्तरण र युवा सहभागिता बृद्धिका विषयमा केन्द्रित छलफल गरिएको थियो।

बैठकमा विशेष जोड कालेबुङ क्षेत्रका प्रत्येक स्थानमा टीएमसी संगठनको सशक्त विस्तार गर्ने योजनामा दिइएको छ। यसका लागि नयाँ योजनाहरू, सांगठनिक सुदृढीकरण तथा युवा नेतृत्वको पहिचानलाई प्राथमिकता दिइएको थियो।

बैठकको क्रममा टाउन कमिटीको नयाँ नेतृत्वको घोषणा पनि गरियो। टीएमसी टाउन कमिटीको अध्यक्ष पदमा सेखर म्याकडोलन चयन भएका छन् भने टाउन कमिटी अन्तर्गत युवा अध्यक्षको जिम्मेवारी रवि छेत्रीलाई प्रदान गरिएको छ। नयाँ पदाधिकारीहरूले संगठन सुदृढीकरण तथा क्षेत्रीय समस्या समाधानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।

सुमन गुरूङले उपस्थित युवाहरूसँग संवाद गर्दै पार्टीको भावी रणनीति तथा युवाहरूको भूमिकाबारे स्पष्ट पथप्रशस्त गरे। बैठकमा पार्टीका अन्य युवा नेता, कार्यकर्ता तथा स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान