असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

Share this news

खरसाङ, 26 जून(निसं):अ असीत राई साहित्यिक मञ्चले कवि हरिभक्त कटुवालको जन्म जयन्ती पालन गर्ने भएको छ। आइतवार खरसाङमा सम्पन्न भएको मञ्चको सभामा उक्त निर्णय लिइएको छ। मञ्चका अध्यक्ष ऋषि राईको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा विगतका सभाहरूमा ग्रहण गरिएका प्रस्ताव अनि विगतमा सम्पन्न गरिएका कार्यक्रमहरू सही ढंगमा अनि सफलता पूर्वक कार्यन्वयन गर्न सकिएकोमा मञ्चका सबै सदस्यहरूप्रति आभार प्रकट गरियो। प्रस्तावहरूलाई अध्यक्ष ऋषि राईले अनुमोदन गरे। स्मृतिमा असीत राई ग्रन्थको प्रकाशन अनेकौँ बाधा र अड़चन पार गरेर पनि स्वच्छ विचार, लक्ष्य र अभियान अन्तर्गत सफलता पूर्वक गरिएकोमा सम्पूर्ण सदस्यहरूद्वारा प्रशन्नता व्यक्त गरियो। सभामा 26 मईको दिन सम्पन्न स्मृति ग्रन्थ विमोचन कार्यक्रमको पनि समीक्षा पनि गरियो। विमोचन कार्यक्रम सभ्य, भव्य र ऐतिहासिक रहेको वरिष्ठ समाजसेवी सूर्य नारायण प्रधान, साहित्यकार उदय दुमी अनि सामाजिक कार्यकर्ता अरुण लामाले बताए। तिनीहरूले यस कार्यक्रममा दार्जीलिङ भेगका मात्र नभएर नेपालको काठमाण्डुबाट समेत विद्वान स्रष्टहरूको उपस्थिति र सहभागिताले यो कार्यक्रम अन्तर्राष्ट्रिय स्तरको बन्न पुगेको पनि बताए। सभामा मञ्चको भावी कार्यक्रमहरूको बारेमा पनि चर्चा गर्दै असीत राई स्मृति साहित्यिक मञ्च अनि ब्लुमफिल्ड महकुमा पुस्तकालयले संयुक्त रुपमा कवि हरिभक्त कटुवालको जन्म जयन्ती पालन गर्ने सभामा निर्णय लिइयो। जन्म जयन्तीको कार्यक्रममा असीत राईकी पत्नी अनि परिवारका सदस्यहरूलाई मञ्चले सम्मान जनाउने प्रस्ताव पनि पारित गरियो। यसै सभामा आगामी कार्यक्रमको रुपरेखा पनि तयार गरियो। सभामा मञ्चका उपाध्यक्ष देवराज मुखियाले असीत राईको साहित्यिक योगदानलाई जसरी जीवन्त प्रदान गरियो त्यसरी नै अन्य मूर्धन्य साहित्यकार र मूर्धन्य साहित्यकारहरूको योगदानलाई कदर गरिन पर्ने विचार प्रकट गरे। तिनले विद्यार्थीहरूमा आफ्नो भाषा, साहित्यप्रति प्रेम जगाउनको निम्ति आगामी दिनमा विद्यार्थीमुखी कार्यक्रमहरूको आयोजना गर्नु पर्ने सुझाव राखे। सभामा साहित्यिक प्रकरण आयोजनाको निम्ति सम्भू राई अनि रचिता छेत्रीलाई सहसंयोजग चयन गरियो। मञ्चका सचिव दीपक ठटाल जलनले स्मृति ग्रन्थ प्रकाशनको निम्ति बौद्धिक, आर्थिक अनि प्राज्ञिक सहयोग पुर्‍याउने व्यक्ति-व्यक्तित्व, साहित्यकार, बौद्धिक जमात अनि मञ्चका सदस्यहरूप्रति आभार प्रकट गरे। तिनले मञ्चले ग्रन्थ प्रकाशन गर्‍यो भनेर ढुक्क नबस्ने सुझाव दिँदै आगामी दिनमा असीत राईमाथि गर्न पर्ने धेरै काम बाँकी छ भन्दै मञ्चको पञ्जीकरण अनि अध्ययन कक्ष स्थापित गरिने बताए। उपाध्यक्ष रचना राई अनाकारले स्मृति ग्रन्थ प्रकाशन अनि विमोचनको कार्यक्रम सफलताको साथमा सम्पन्न भएकोमा सबैलाई बधाई दिइन्। तिनले आगामी दिनमा पनि यसरीनै एकजुट भएर कार्य गर्दै जानु पर्ने सुझाव पनि राखिन्। आफ्नो अध्यक्षीय वक्तव्यमा ऋषि राईले ग्रन्थ प्रकाशनको कार्यमा सम्पादन अनि प्रुफ रिडिङ गरिएको अनुभव साझ गरे। तिनले मञ्चले आफ्नो स्थापना कालदेखि विभिन्न कार्यक्रमहरू सफलता पूर्वक सम्पन्न गर्दै आएको भए तापनि खुट्टा तान्ने प्रवृत्ति र मञ्चप्रतिको नकारात्मक भाव राख्नेहरूको प्रेरणाले नै आफूहरूलाई उर्जी प्राप्त भएको अनि मञ्च सशक्त बन्दै गएको बताए। तिनले सभामा उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गरे।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न