सोरेङ जिल्लाको भ्रमणको दोस्रो दिन, जल शक्ति अभियानका केन्द्रीय नोडल अधिकारी, आर अरुलानन्दनले केन्द्र सरकारका विभिन्न प्रमुख कार्यक्रमहरू अन्तर्गत कार्यान्वयन भइरहेका जलस्रोत व्यवस्थापन र संरक्षण पहलहरूको क्षेत्रीय निरीक्षण गर्न सोरेङ जिल्लाको मंगलबारे उप-डिभिजनको भ्रमण गरे।
भ्रमणको एक भागको रूपमा, अरुलनन्दनले बुडाङमा रहेको लघु सिँचाइ च्यानलको निरीक्षण गरे, चुचेन ताकुथाङमा चलिरहेको जल जीवन मिसन (जेजेएम) को कामको अवलोकन गरे अनि मंगलबारे ब्लक अन्तर्गत जल स्रोत विकास परियोजनाको समीक्षा गरे।