कवि हन्नान छेत्रीको टुक्का कविता संग्रह “आहलादित”को लोकार्पण आइतबार गरिएको थियो। विश्व नेपाली साहित्य सञ्चको तत्वावधानमा आयोजित समारोहको अध्यक्षता बिनेसामका भारत प्रकोष्ठका अध्यक्ष राहुल राई बोगिकोले गरेका थिए। प्रमुख अतिथिका रुपमा साहित्य अकादमीको बाल साहित्य पुरस्कार 2025 की विजेता डा. साङमु लेप्चा उपस्थित थिइन्। विशिष्ट अतिथिहरूमा बरिष्ठ सञ्चारकर्मी चन्द्र भन्डारी, पूर्व आयकार आयुक्त तथा देवकोटा सङ्घका अध्यक्ष मिलन रुचाल, बिनेसाम, मणिपुरकी प्रमुख श्रीमती सीतादेवी छेत्री, टुक्का कविता आयमका अभियन्ता ताराप्रसाद चापागाईं, युवराज काफ्ले, जीतबहादुर सुनार, लतिका जोशी, रेणु सुब्बालगायत धेरै साहित्.कारहरूको उपल्थिति रहेको थियो।
