Salig Unveiling of Krishna Maya Gurungseni

कृष्ण माया गुरुङसेनीको सालिग अनावरण

Share this news

सिलगढीको प्रतिष्ठित कृष्ण माया नेपाली स्कूलकी निर्मात्री कृष्ण माया गुरुङसेनीको सालिग अनावरण गरियो। स्कूलका पूर्व विद्यार्थी संगठनद्वारा आयोजित समारोहमा कृष्ण माया हाम्रो गौरव स्मारिकाको लोकार्पण पनि गरियो। उक्त स्कूलका पूर्व विद्यार्थी गायक संगीतकार भानु रामुदामुको अगुवाइमा उनीद्वारा नै संगीतवद्ध स्वागत गीत पूर्व विद्यार्थीहरुले खुबै सुन्दर ढंगले प्रस्तुत गरे। कार्यक्रममा अध्यक्षता पूर्व विद्यार्थी संगठनका प्रमुख उत्तम गुरुङले गरेका थिए। मुख्य अतिथि अवकाश प्राप्त कर्नल डी० आर० गुरुङ, विशिष्ट अतिथि उक्त स्कूलका पूर्व प्रधान अध्यापक सुधीन घोस, अवकाश प्राप्त कर्नल पदमा गुरुङ, युवराज काफ्ले, मुक्ति उपाध्याय बराल, कृष्ण प्रधानको उपस्थिति रहेको थियो।

Salig Unveiling of Krishna Maya Gurungseni

कृष्ण माया हाम्रो गौरव स्मारिका बिमोचनमा क्रमैले सुनील घोष, युवराज काफ्ले, कृष्ण प्रधान, सम्पादक मण्डलीका योगेश काफ्ले, रबि राई, रिंकु खवास, दिवाकर खाती, खेमराज शिवाकोटी आदि रहेका थिए। यसरी नै सिलगढी नगर निगम, वार्ड नं ० १२ का काउन्सिलर बासुदेव घोष अनि स्कूल संचालन कमिटीका अध्यक्ष राजु घोषको पनि विशेष रुपले उपस्थिति रहेको थियो।
पूर्व शिक्षक युवराज काफ्लेको वक्तव्य अनुसार सन् 1938 तिर उक्त स्कूल सुबुक मोडमा गोर्खा प्राथमिक पाठशाला नाउँले संचालित थियो। पछि वर्तमान आश्रामपाडामा रहेको स्कूलको जमीन जर्ज महावर्ट सुब्बाले दान दिएका थिए। जहाँ स्कूल निर्माणको निम्ति कृष्ण माया गुरुङसेनीले आर्थिक सहयोग र काठपात दिएर हालको कृष्ण माया मेमोरियल स्कूल बनिएको थियो।

Salig Unveiling of Krishna Maya Gurungseni
पूर्व विद्यार्थी संगठनकी सचिव पूर्णिमा थामीद्वारा स्वागत भाषण राखिएको कार्यक्रममा उद्घोषिका श्रीमती अनुराग शर्मा रहेको जानकारी कृष्ण गुरूङले दिएका हुन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान