Gorkhaland Strike Protest
Gorkhaland Strike Protest

लङभ्यू श्रमिक आन्दोलन: 72 घण्टे भोक हडतालको दोस्रो चरण आरम्भ!

Share this news

आज बिहान 11 बजे पहिलो चरणको 72 घण्टे भोक हडताल समापन भए लगतै दोस्रो चरणको भोक हडताल शुरू भएको छ। आजबाट शुरू भएको भोक हडतालमा हिल प्लान्टेसन इम्प्लोइज युनियन केन्द्रीय कमिटि सहसचिव छेवाङ योञ्जन (39 वर्ष), केन्द्रीय समिति कोषाध्यक्ष एवं अधिवक्ता अनुपा तामाङ (32 वर्ष) , लङभ्यू युनिट सचिव तनुजा लामा (37 वर्ष), सदस्यहरू लविन विश्वकर्मा (60 वर्ष) , देविका योञ्जन (56 वर्ष) सहभागी छन्।

उल्लेखनीय छ कि पीएफ, ग्र्याचुटी तथा अन्य बक्यौता रकमको भुक्तानीको माग गर्दै श्रमिकहरू गत 21 अप्रिल 2026 देखि क्रमिक अनशनमा बसेका थिए। क्रमिक अनशनको 50औँ दिन पूरा हुँदासमेत बगानका मालिक गोविन्द गर्ग तथा सम्बन्धित सरकारी निकायबाट श्रमिकहरूको माग बारे ठोस पहल नभएको भन्दै श्रमिकहरूले आन्दोलनलाई थप सशक्त बनाउँदै 72घण्टे भोक हडताल सुरु गरेका हुन्।

पहिलो चरणका अनशनकारीहरू सुमेन्द्र तामाङ (33 वर्ष), सुमित देवान (31 वर्ष), विन्दिया थापा (49 वर्ष), कविता पाखरिन (54 वर्ष) र छुनु बल (48 वर्ष) ले अनशनकारीहरूलाई खदा अर्पण गर्दै भोक हडताल हस्तान्तरण गरे। अनशन सुरु गर्नुअघि अनशनकारीहरूले आफ्ना माग तथा आन्दोलनप्रतिको प्रतिबद्धतासम्बन्धी लिखित आत्मघोषणा पाठ गरेका थिए। युनियन सहसचिव छेवाङ योञ्जनले आफूहरूको माग र मुद्दा बारे सम्बोधन गर्दै यो शान्तिप्रिय

आन्दोलन उत्तर बंगालका सम्पूर्ण चिया श्रमिकहरूको हक अधिकारका निम्ति रहेको बताए। उनले युवा विद्यार्थी सबैलाई यस आन्दोलनमा सहभागी भइदिने अनुरोध गरे । यता युनिट सचिव तनुजा लामाले आगामी 19 जुनमा हुने भनिएको बैठकमा मालिक गोविन्द गर्गले पीएफको रकम लिएर आउनु पर्ने चुनौती दिइन्। उनले भनिन् ” जबसम्म पीएफको पैसा एकाउण्टम जम्मा हुँदैन तबसम्म आन्दोलन जारी रहने बताइन्”।

Share this news
आजको रोजाइ
विधायक एरुङ लेप्चाले चलाए “गाउँ चलो अभियान” व्यापक जनसम्पर्क

विधायक एरुङ लेप्चाले चलाए “गाउँ चलो अभियान” व्यापक जनसम्पर्क

गोर्खाल्यान्डबारे फेरि सन्नाटा, प्रश्न अझ कायम, के तपाईं नेपालको हुनुहुन्छ ? कमान्डर (अ.प्रा.) डीएस गुरूङ

गोर्खाल्यान्डबारे फेरि सन्नाटा, प्रश्न अझ कायम, के तपाईं नेपालको हुनुहुन्छ ? कमान्डर (अ.प्रा.) डीएस गुरूङ

राष्ट्रिय गोर्खा गौरव ‘पद्मश्री’ गीता उपाध्यायलाई असम सरकारको ‘सति साधनी पुरस्कार’

राष्ट्रिय गोर्खा गौरव ‘पद्मश्री’ गीता उपाध्यायलाई असम सरकारको ‘सति साधनी पुरस्कार’

आउँदो २२ जूनमा सुवास घिसिङको जन्मोत्सव गोरामुमो मिरिकद्वारा मनाइने

आउँदो २२ जूनमा सुवास घिसिङको जन्मोत्सव गोरामुमो मिरिकद्वारा मनाइने

रोनाल्डोको प्रतिक्रिया: ‘अझै धेरै बाँकी छ’, डीआर कंगोसँगको बराबरीपछि पोर्चुगलका कप्तान आशावादी

रोनाल्डोको प्रतिक्रिया: ‘अझै धेरै बाँकी छ’, डीआर कंगोसँगको बराबरीपछि पोर्चुगलका कप्तान आशावादी

गठबन्धनले बिना आशंका भाजपामा सामेल हुन बाध्य बनाएको छ

गठबन्धनले बिना आशंका भाजपामा सामेल हुन बाध्य बनाएको छ

DWS द्वारा उ.ब.का युवाहरूको रोजगार परीक्षाको निःशुल्क कोचिङ शुरु

DWS द्वारा उ.ब.का युवाहरूको रोजगार परीक्षाको निःशुल्क कोचिङ शुरु

बिहारमा मुद्रास्फीति र भ्रष्टाचार विरुद्ध राजदको ठूलो विरोध प्रदर्शन सुरु

बिहारमा मुद्रास्फीति र भ्रष्टाचार विरुद्ध राजदको ठूलो विरोध प्रदर्शन सुरु

न्यानोपनको कमी, औपचारिकता हावी: १६ महिनापछि मोदी-ट्रम्प भेटघाट

न्यानोपनको कमी, औपचारिकता हावी: १६ महिनापछि मोदी-ट्रम्प भेटघाट

सडक र अपाङ्गता भएका कामदारको EPFO ​​र ESIC कभरेजको प्रतिवेदन

सडक र अपाङ्गता भएका कामदारको EPFO ​​र ESIC कभरेजको प्रतिवेदन

आजको रोजाइ