ऋषिहाट खासमहल बस्तीमा गोरामुमोको शाखा गठन, संगठनलाई थप गति

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले संगठन सुदृढीकरण तथा विस्तार अभियानलाई निरन्तरता दिँदै दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत ऋषिहाट–ब्लुमफिल्ड समष्टिको ऋषिहाट खासमहल बस्तीमा नयाँ शाखा समिति गठन गरेको छ। समष्टि उपाध्यक्ष बिरमन लामाको उपस्थितिमा सम्पन्न भएको सभामा पार्टी संगठनलाई गाउँस्तरसम्म थप मजबुत बनाउने उद्देश्यसहित २१ सदस्यीय शाखा समिति गठन गरिएको जानकारी दिइएको छ। सभामा गोर्खाल्याण्डको संवैधानिक समाधान, जातीय अधिकारको संरक्षण तथा संगठन विस्तारका विषयमा विस्तृत छलफल गरिएको थियो।नवनिर्वाचित शाखा समितिमा सुरेन ठकुरी सभापति, सुनिल राई उपसभापति, छ्वाङ टाँसी डुक्पा मूल सचिव, सञ्जय तामाङ सहसचिव, बिरेन्द्र छेत्री कोषाध्यक्ष तथा रुबेन ठकुरी सहकोषाध्यक्ष पदमा चयन भएका छन्। त्यसैगरी ल्वाङ तामाङलाई प्रमुख सल्लाहकारको जिम्मेवारी प्रदान गरिएको छ। समितिका अन्य सदस्यहरूमा गंगाबहादुर राई, सुकराज लिम्बु, नरेन ठकुरी, हर्क खवास, निमा लेप्चा, उदय ठकुरी लगायतका सदस्यहरू रहेका छन्। नवगठित समितिमा जम्मा २१ जना सदस्य समावेश गरिएको बताइएको छ। कार्यक्रममा वक्ताहरूले गोरामुमोका संस्थापक नेता स्वर्गीय सुबास घिसिङले देखाएको मार्गदर्शन र गोर्खाल्याण्ड आन्दोलनका आदर्शलाई आत्मसात गर्दै संगठनलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका थिए। साथै, वर्तमान परिस्थितिमा गाउँ–गाउँ र बस्ती–बस्तीमा पार्टीप्रति जनसमर्थन बढ्दै गएको उल्लेख गर्दै संगठन विस्तार अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको थियो। समष्टि उपाध्यक्ष बिरमन लामाले नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै पार्टीको नीति, सिद्धान्त र जनहितका मुद्दालाई जनस्तरसम्म पुर्‍याउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। उनले संगठनको मजबुती नै आन्दोलन र जनआकांक्षाको सफल कार्यान्वयनको आधार हुने विश्वास व्यक्त गरे।

Share this news
आजको रोजाइ
आईपीएस अधिकारी दावा शेर्पाको निधनले मर्माहत : डा. दिवाकर प्रधान

आईपीएस अधिकारी दावा शेर्पाको निधनले मर्माहत : डा. दिवाकर प्रधान

सरकारद्वारा उज्ज्वला अन्तर्गत अनुदानित सिलिन्डर ९ बाट घटाई भयो ४ 

सरकारद्वारा उज्ज्वला अन्तर्गत अनुदानित सिलिन्डर ९ बाट घटाई भयो ४ 

देन्ताम विद्युतीय घरेलु समाधान” मा एक व्यापक प्रशिक्षण कार्यक्रम सम्पन्न

देन्ताम विद्युतीय घरेलु समाधान” मा एक व्यापक प्रशिक्षण कार्यक्रम सम्पन्न

दिल्ली-कोलकाता, दुवै ठाउँमा तृणमूल कांग्रेसको पार्टी कार्यालय उड्ने

दिल्ली-कोलकाता, दुवै ठाउँमा तृणमूल कांग्रेसको पार्टी कार्यालय उड्ने

मनसुनबाट पीडित बंगलादेशीहरुले प्राप्त गरे भारतीय सैनिकहरूको सहयोग

मनसुनबाट पीडित बंगलादेशीहरुले प्राप्त गरे भारतीय सैनिकहरूको सहयोग

ऋषिहाट खासमहल बस्तीमा गोरामुमोको शाखा गठन, संगठनलाई थप गति

ऋषिहाट खासमहल बस्तीमा गोरामुमोको शाखा गठन, संगठनलाई थप गति

शिक्षामन्त्री पोखरेलद्वारा डा. रेग्मी राष्ट्रिय र अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान

शिक्षामन्त्री पोखरेलद्वारा डा. रेग्मी राष्ट्रिय र अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान

पीपीएस, संवैधानिक ढाँचामा राजनैतिक स्थायी समाधान:एक सामयिक चर्चा

पीपीएस, संवैधानिक ढाँचामा राजनैतिक स्थायी समाधान:एक सामयिक चर्चा

ओकेटी–९ मा गोरामुमो शाखा पुनर्गठन, किरण राई सभापतिमा चयन

ओकेटी–९ मा गोरामुमो शाखा पुनर्गठन, किरण राई सभापतिमा चयन

गोर्खा राष्ट्रिय नारी संगठन सौरेनी समष्टि गठन, शर्मिला राई संयोजिका चयन

गोर्खा राष्ट्रिय नारी संगठन सौरेनी समष्टि गठन, शर्मिला राई संयोजिका चयन

आजको रोजाइ