Mann Ghising campaign Darjeeling
Mann Ghising campaign Darjeeling

सोनाम लामाको पक्षमा गोरामुमो अध्यक्ष मन घिसिङद्वारा चुनाव प्रचार प्रसार

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङ द्वारा आज खर्साङ बिधानसभा क्षेत्र अन्तर्गत मङ्पु – लाब्दा समष्टि अनि सिटोङ – -लाठ समष्टिमा भाजपा गठबन्धन दलका उम्मेदवार सोनाम लामाको पक्षमा चुनाव प्रचार प्रसार गरेका छन् ।गोरामुमो उपाध्यक्ष एन बी छेत्री , दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एम जी सुब्बा , केन्द्रीय समिति प्रवक्ता वाई लामा , गोरानासं केन्द्रीय समिति अध्यक्षा मणिकला तामाङ , केन्द्रीय समिति सदस्यगण , गोरानासं दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष बसुन्धारा प्रधान , गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष सुरज कटुवल , समष्टिका प्रतिनिधिबर्ग साथै गोरामुमो कार्यकर्ताहरुको साथमा समष्टिका विभिन्न क्षेत्रमा चुनाव प्रचार प्रसार गर्दै जोगी घाटमा पार्टी अध्यक्ष मन घिसिङ द्वारा सम्बोधन गरे । सम्बोधनको क्रममा गोरामुमो अध्यक्ष मन घिसिङले भने, राजनैतिक समाधनको निम्ति हामीले एनडीए संग जोडिएको हो । यसैकारण हामी दायाँबायाँ अल्मलिनु हुदैन । एक पटक शुरूवात गरेपछी बीचमा छोड्नु मिल्दैन । हाम्रो समाधान भारत सरकार संग छ । पस्किने कुरा हामीले सबै पस्किसकेका छौं । पहाडमा खतरनाक बिगार्नेहरु खेलाडीहरु छन् । यसकारण तपाईंहरु जोगिनु पर्छ । सामाजिक संजालहरुमा बोलेर मात्र हुदैन मलाई आएर सोध्नु सक्छ के कति काम भयो भनेर । अब पनि तपाईं हामीले बुझेनौ भने फेरि ३०-४० बर्ष जानेछ । म भारत सरकार संग म बसेको हो । यसैकारण अब हामी टुङ्गो न फेदको ब्यवस्थामा भुलिनु हुदैन भनी आफ्नो सम्बोधनको क्रममा भने । समष्टिका प्रतिनिधिबर्ग शाखा प्रशाखाका प्रतिनिधिवर्गलाई निर्देशन दिदै पार्टी अध्यक्ष मन घिसिङले भने, सोनाम लामालाई जिताउनुको निम्ति जनसम्पर्क अभियान गरि भारी मतले जिताउनु पर्नेछ भनी आफ्नो सम्बोधनको क्रममा गोरामुमो अध्यक्ष मन घिसिङले भने।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ