Binay Tamang Statement Darjeeling
Binay Tamang Statement Darjeeling

पहाडको ३सीटमाथि जीत हारको विश्लेषण- भाग (१) -विनय तामाङ 

Share this news

२०२६ विधानसभा चुनाव – दार्जीलिङ पहाडको तीनवटा सीटहरूमाथि जीत अनि हारमा विश्लेषण – भाग (१) दार्जिलिङ पहाडको वर्तमान राजनैतिक समीकरण अत्यन्तै जटिल र रोचक मोडमा छ। चिया कमान, भुमि अधिकार अनि छुट्टै राज्यको मुद्दाहरूको बीचमा अनित थापा, विमल गुरुङ, राजु विष्ट र अजय एडवर्ड जस्ता हस्तीहरूको भविष्य यसै चुनावको परिणाममा टिकेको छ।

अनित थापा: यदि तीनै उम्मेदवार पराजित भए -भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (BGPM) का अध्यक्ष अनित थापाका लागि यो नतिजा राजनैतिक अस्तित्वको संकट बन्न सक्छ।

सत्तामाथिको पकड कमजोर हुनेछ । अनित थापाको मुख्य शक्ति भनेको नै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा उनको वर्चस्व हो। यदि पहाडका तीनै सिटमा पराजय भयो भने उनले ‘जनमत’ गुमाएको प्रमाणित हुनेछ। यसले उनको प्रशासनिक पकडलाई नैतिक रूपमा कमजोर बनाउनेछ। राज्य सरकारसँगको सम्बन्धमा ऑच आउनसक्नेछ । अनित थापालाई वर्तमानमा राज्यको सत्ताधारी दल (TMC) बाट पुर्ण समर्थन छ। चुनाव हारेको खण्डमा कोलकाताका लागि उनको ‘उपयोगिता’ घट्न सक्नेछ जसले गर्दा विकास बजेट र राजनैतिक संरक्षणमा कमी आउन सक्नेछ। कार्यकर्ता पलायन हुने सम्भावना बढ़ेर जानेछ । पहाडको राजनीति नै अक्सर प्रशासनिक शक्तिको वरिपरि घुमेको हुन्छ । हारले कार्यकर्ताहरूमा निराशा ल्याउनेछन् अनि कार्यकर्ताहरू विकल्पको खोजीमा अन्य शक्तिहरू तिर लाग्न सक्छन् ।

विमल गुरुङ र राजु विष्ट : यदि केवल एक सिट मात्र जिते यो परिणाम भाजपा र यसका सहयोगीहरूका लागि “आंशिक सफलता तर गम्भीर राजनैतिक धक्का ” हुनेछ।

राजु विष्टको नेतृत्वमा ठुलो प्रश्न चिन्ह अनि राजनैतिक ग्रहण लाग्नेछ । राजु विष्ट भाजपाका सांसद अनुहार हुन्। यदि तीनमध्ये एक मात्र सिट आयो भने उनको “क्लीन स्वीप” गर्ने दाबी र पहाडमा भाजपाको लोकप्रियता खस्किएको मानिनेछ । यसले आगामी ठुला चुनावहरूमा उनको पार्टीभित्र प्रभाव वा कदमा असर पर्न सक्नेछ। विमल गुरुङको सान्दर्भिकता: विमल गुरुङ अहिले भाजपाको एउटा सहयोगी खम्बाका रूपमा देखिरहेको छ । यदि उनको प्रभाव क्षेत्र दार्जिलिङ अनि खरसाङमा हार भयो भने विमल गुरूङ “गोजमुमो” को राजनीतिमा पुनरागमन गर्ने सपना समाप्त हुन सक्नेछ । उनले आफ्नो गुमेको विरासत फर्काउन नसकेको सन्देश जानेछ जसले गर्दा उनलाई राजनैतिक रूपमा सिमान्तकृत (Marginalised) बनाउन सक्नेछ।

मुद्दाको असफलता: एक सिट मात्र जित्नुको अर्थ हो—जनताले भाजपाको ‘स्थायी राजनैतिक समाधान’ (PPS) को आश्वासनमा पुर्ण विश्वास नगरेको स्पष्ट सन्देश दिनु हो ।

अजय एडवर्ड: यदि दार्जिलिङ पहाडको तीनवटा सीटहरू मध्ये दुई सिट जिते इण्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख अजय एडवर्डका लागि यो “महा-विजय” सरह हुनेछ।

पहाडको नयाँ ‘किंग मेकर’: तीन मध्ये दुई सिट मात्रपनि जित्नु भनेको अजय एडवर्ड पहाडको सबैभन्दा ठुलो राजनैतिक शक्ति बनिनु हो । यसले उनलाई दार्जिलिङ पहाडको राजनीति अनि गोर्खा राजनीतिमा हाक्ने मुख्य पात्रको रूपमा स्थापित गर्ने अवसर प्राप्त हुनेछ ।

विकल्पको रूपमा उदय: यसले प्रमाणित गर्नेछ कि दार्जिलिङ पहाडका जनता अब पुराना परम्परागत पार्टीहरू गोजमुमो, जिएनएलएफ, क्रामाकपा अनि सत्ताको राजनीति गर्ने अनित थापाबाट वाक्क भइसकेका छन्। यसोसले अजय एडवर्डको “भावनात्मक र मुद्दामा आधारित राजनीति” सफल भएको मानिनेछ।

GTA मा चुनौती: दुई सिट जितेपछि एडवर्डले सिधै GTA को कार्यशैलीमाथि प्रश्न उठाउने जनमत पाउनेछन्। उनले राज्य र केन्द्र सरकारसँग सिधै बार्गेनिङ गर्न सक्ने हैसियत बनाउन सक्नेछन् । समग्रमा भन्नुपर्दा, यो चुनावको नतिजाले दार्जिलिङ पहाडमा अनि गोर्खा मुद्दाहरूलाई “नेतृत्व परिवर्तन” को दिशा तय गर्नेछ । यदि अनित थापाले हार्छन् भने पहाडमा क्षेत्रीय शक्तिको नयाँ उदय हुनेछ अनि यदि भाजपाले सोचे जस्तो नतिजा ल्याउन सकेन भने विमल गुरुङ, मन घिसिङ, आर° बी° राई जस्ता पुराना नेताहरूको युग समाप्तिको संकेत हुनेछ। अजय एडवर्डका लागि दुई सिट जित्नु भनेको उनको राजनैतिक करियरको सबैभन्दा ठुलो छलाङ हान्नु हुनेछ ।

Share this news
आजको रोजाइ
“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

आजको रोजाइ