A New Campaign of Enthusiasm and Faith
A New Campaign of Enthusiasm and Faith

नेकांको`जरा´ अभियानको ७ उदेश्य- उत्साह र विश्वासको नविन अभियान

Share this news

नेपाली कांग्रेसको `जरा अभियान´ सभापति गगनकुमार थापाले आफ्नो वडा काठमाडौ महानगरपालिका ३० बाट आफ्नो कृयाशिल सदस्यता अद्यावधिक गर्नु भए सँगै हिज १ बैशाख ०८३ मा प्रारम्भ भएको छ।
बैशाखभर चल्ने अभियान क्रममा एकातर्फ राष्ट्रिय सन्दर्भमा पार्टीको सोच र सन्देश प्रवाह हुनेछ भने, अर्कातर्फ स्थानीय तहसम्म पार्टी जागरण र रुपान्तरण क्रममा क्रियाशिल सदस्यता अधावधिक गर्ने कार्य हुनेछ । `रुख´को `जरा´ गोडमेल गर्न र पार्टीमा ताजगी अभिवृद्धि गर्न यो अभियानले मद्दत पुर्‍याउने विश्वास लिइएको छ ।
फागुन २१ को निर्वाचन पश्चात् मुलुकको प्रमुख प्रतिपक्षी दलको जिम्मेवार भुमिकामा छ नेपाली कांग्रेस । `जरा´ अभियान मार्फत पार्टीको भुमिका सबल बनाउँदै देश, प्रणाली र समाज सबल बनाउने ध्येयमा समर्पित छ नेपाली कांग्रेस ।

जरा अभियानको उदेश्य
१) राष्ट्रियताको `जरा´ सबल बनाउनः *संसदमा रहेका दलहरू बीच राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ र समग्रमा राष्ट्रियताको प्रश्नमा साझा दृष्टि र सहकार्य। * देश बाहिर रहेका नेपालीहरुको सुरक्षा र अधिकारका सन्दर्भमा पार्टीको प्रतिज्ञा पत्र बमोजिम देशभित्रको भावनात्मक जरा बलियो बनाउन आवश्यक नितिगत, कानुनी र संरचनागत बिषयमा पहल, संवाद र सहकार्य ।
२) लोकतन्त्रको `जरा´ सबल बनाउनः * संसदमा नेपाली कांग्रेसको सहयोगी एवं खबरदारीपुर्ण भुमिका। * संविधान संशोधनको प्रश्नमा लोकतन्त्रको सारभुत मुल्य मान्यतामा सम्झौता नगरी समयोचित दृष्टि, इमानदार अवधारणाको खोजी एवं परिणाममुखी सहकार्य।
३) संघियताको `जरा´ सबल बनाउनः
* संविधानको मर्म बमोजिम संघीयताको सबलिकरण गर्न आवश्यक कानुन निर्माणमा सहकार्य। * नेपाली कांग्रेस सहभागी रहेका प्रदेश सरकारहरुको गतिविधि समिक्षा, आवश्यक हेरफेर र समयानुकूल परिमार्जन गर्दै प्रदेश सरकार प्रभावकारी बनाउन यो अवधिमा उपयुक्त रणनीति अवलम्बन गर्ने। * स्थानीय सरकार संचालन प्रभावकारी बनाउन यहि अभियान क्रममा सकारात्मक सन्देश प्रवाह गर्ने।
४) नागरिक विश्वासको `जरा´ सबल बनाउनः * समुन्नतिको प्रश्नमा दलगत आग्रह भन्दा पर समन्यायिक विकास दृष्टि। * प्रदेश र स्थानीय तहमा रहेका पार्टीका साथीहरूको प्रभावकारिता वृद्धि। * नवयुवाहरुसँग अनेक तहमा संवाद, तिनको सोच र सपना अनुरुप रुपान्तरण र गति। * राज्य, दलहरु र निजि क्षेत्रबीच वृहत्तर सहकार्यको खोजीका साथ निजिक्षेत्रको मनोबल अभिवृद्धि र थप दायरा विस्तारमा प्रोत्साहन।
५) सामाजिक एकताको `जरा´ सबल बनाउनः * जातिय, बर्गिय, धार्मिक, सामाजिक र साँस्कृतिक समुहहरुबिच सद्भाव अभिवृद्धिमा भुमिका। * जातीय विभेद र सबै खाले विसंगति नियन्त्रणमा सहकार्य।
६) पार्टीको `जरा´ सबल बनाउनः * विमतिका बिषयहरु न्यूनीकरण गर्दै पार्टीभित्र खुला संवाद र सहकार्य। * विभिन्न समयमा विविध कारणले पार्टीबाट टाढा भएका साथीहरूलाई `घर-आँगन फर्क´ आह्वान। * केन्द्रबाट प्रदेशहुँदै स्थानीय तहसम्मका समितीहरुबिच बिषयगत तादाम्यता र सांगठनिक कार्यमा गति वृद्धि। * भ्रातृ र शुभेच्छुक संस्थाहरूको कार्य समिक्षा, आवश्यक निर्णय र `जरा´ तहसम्म सम्बन्धित संस्थाहरूको प्रभावकारिता खोजी।
७) आगामी महाधिवेशनको तयारीः * बिशेष महाधिवेशनले पारित गरेका दृष्टि, निर्माण गरेको नेतृत्व र अवलम्बन गरेका नितिको परिवर्तित सन्देश प्रवाह गर्दै क्रियाशिल सदस्यता व्यवस्थित रुपले अधावधिक गर्दै, आगामी असोजमा हुने पार्टीको १५ औं महाधिवेशन तयारी उत्साह र नवीन विश्वाससाथ अघि बढाउने। * अभियानका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटिनु भएको छ भने प्रदेश कार्यसमितिले पनि प्रतिनिधि खटाउने छ।
प्रतिनिधिले सम्पादन गर्नुपर्ने जिम्मेवारी र अभियानको निर्देशिका आन्तरिक रुपमा पठाइएको छ । अभियान सफल बनाउन आ-आफ्नो जिम्मेवारी क्षेत्रमा सक्रिय हुन सबै साथीहरूलाई आह्वान सहित नयाँ वर्ष २०८३ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

आजको रोजाइ