Sanjita Oraon gold medel Siliguri
Sanjita Oraon gold medel Siliguri

नक्सलबारीकी सञ्जिता उराँवद्वारा १०,००० मिटर दौडमा स्वर्ण पदक जित, ३० राज्यका ३,००० खेलाडीहरूलाई पछि पारिन्

Share this news

नक्सलबारीका लागि यो एक गर्वको क्षण हो। २३ वर्षीया सञ्जिता उराँवखले छत्तीसगढमा आयोजित खेलो इन्डिया ट्राइबल गेम्स (Khelo India Tribal Games) मा १०,००० मिटर दौडमा स्वर्ण पदक जितेकी छन्। करिब ३० राज्यका ३,००० खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै उनले यो दौड झन्डै ४० मिनेटमा पूरा गरिन्, जसले उनको अद्भुत क्षमता र दृढ संकल्पलाई दर्साउँछ।

सञ्जिता एक सानो चिया कमान बस्ती, मौरीजोत की बासिन्दा हुन् र उनी नक्सलबारी कलेजकी स्नातक अन्तिम वर्षकी छात्रा हुन्। एक सामान्य परिवारबाट आएकी उनको यात्रा चुनौतीहरूले भरिएको थियो। तालिमका लागि उचित सुविधा नभए पनि उनले गाउँका सडक, चिया कमानका गोरेटो र खुल्ला मैदानहरूमा, वर्षा र कठिन परिस्थितिको प्रवाह नगरी अभ्यास गरिन्। उनको प्रतिभालाई पहिलो पटक एक स्थानीय प्रशिक्षकले चिनेका थिए, जसले उनलाई एथलेटिक्समा गम्भीरताका साथ लाग्न प्रोत्साहित गरे।

आर्थिक अभाव र सीमित स्रोतसाधनका बाबजुद उनले कडा परिश्रम, अनुशासन र समर्पणलाई जारी राखिन्। बिस्तारै पाइला चाल्दै उनी राष्ट्रिय स्तरसम्म पुगिन् र ठूलो मञ्चमा विजयी प्रदर्शन गरिन्।

उनको यो सफलताले अहिले ग्रामीण र चिया कमान क्षेत्रका धेरै युवा खेलाडीहरूलाई प्रेरित गरिरहेको छ। उनले यो प्रमाणित गरिदिएकी छन् कि यदि मनमा जोश, निरन्तरता र संकल्प छ भने सपनाहरू अवश्य पनि साकार हुन्छन्।

Share this news
आजको रोजाइ
नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

आजको रोजाइ