Darjeeling hills infrastructure
Darjeeling hills infrastructure

गाउँलेहरूको श्रमदान र बिमल गुरुङको सहयोगमा सार्वजनिक भवन बनिने

Share this news

गाउँलेहरूको श्रमदान अनि गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष श्रीमान बिमल गुरुङको सहयोगमा फूबसेरिङ १४ नम्बरमा सार्वजनिक भवन बनिने भएको छ। २० औं शताब्दी चलिरहेको समयमा पनि गाउँ समाजमा अझ सम्म एउटा समाज घर नभएको साथै समाजका सामग्री समेत कसैको घरमा राख्न परिरहेको दुःखलाई लिएर फूबसेरिङ चिया कमान १४ नम्बर गाउँ मिलन समाजका सदस्यहरूले धेरै समय अघिदेखि गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष श्रीमान बिमल गुरुङलाई आफ्नो दुखेसो पोख्दै आइरहेका थिए।

गाउँलेहरूको एकजुटता साथै गोजमुमो प्रतिनिधिहरूको प्रयासमा फेरि एकपटक केही दिन अघि मोर्चा अध्यक्ष अघि बिसाएको दुःखलाई प्राथमिकता दिंदै मोर्चा अध्यक्ष श्रीमान बिमल गुरुङले १४ नम्बर निवासीहरूको निम्ति एउटा सार्वजनिक भवनको निर्माण गरिदिने भनी बिधिवत रूपमा पूजा अर्चना गरि शिलान्यास गरिदिए।

उक्त शिलान्यास कार्यक्रममा मोर्चा केन्द्रिय अध्यक्ष श्रीमान बिमल गुरुङको साथमा गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय उपाध्यक्ष साथै लेबुङ भेल्ली ग्राम पञ्चायत १ वर्ड नम्बर २ का पञ्चायत सदस्य सचिन ठकुरी, फूबसेरिङ पान्दम समष्ठि युवा मोर्चा सचिव अमीन प्रधानको साथमा गोजमुमो कार्यकर्ताहरू साथै १४ नम्बर मिलन समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। दशकौंदेखि देख्दै आएको सार्वजनिक भवनको सपना पुरा हुन लागेकोमा सम्पूर्ण फूबसेरिङ १४ नम्बर निवासीहरू धेरै हर्षित हुँदै यस कार्यको निम्ति मोर्चा अध्यक्ष र फूबसेरिङ गोजमुमो प्रतिनिधिहरूप्रति आभार व्यक्त गरे।

Share this news
आजको रोजाइ
सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

आजको रोजाइ