टेकवीर बस्तीमा प्रि-क्रिशमस पालन

Share this news

खरसाङ, 20 दिसम्बर (निसं) खरसाङ नगरपालिकाको वार्ड नम्बर 2 मा रहेको टेकबीर बस्तीमा प्री क्रिशमस उत्सव पालन गरियो। शनिवार सम्पन्न भएको उक्त कार्यक्रममा 28 नम्बर खरसाङ शहर चिम्नी देवराली समष्टि सभासद्‌‍ श्याम शेर्पाको विशेष उपस्थिति रहेको थियो।

वार्ड नम्बर 2 को टेकबीर बस्तीमा विगत केही हप्ता अधिदेखि स्थानीय सचेत व्यक्तिहरूको प्रयासमा शनिबार गाउँले हाट लाग्ने गरेको छ। यस बस्तीमा, हिन्दु, बौद्ध, इसाई सबै मिलेर बसोबास गर्दै आइरहेका छन्‌‍। यहाँका मानिसहरूले यसरी सबै धर्म सम्प्रदायका पर्वहरू मिलेर एक साथ पालन गर्ने गरेका छन्‌‍। शनिवार लाग्ने हाट सञ्चालन समितिले यो प्री क्रिशमस कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा सभासद्‌‍ श्याम शेर्पाको साथमा भागोप्रमो 28 न0 समष्टि नारी शक्ति अध्यक्षा सुष्मा मुखियाको बाहुलीबाट केक काटेर सबैलाई वितरण गरिएको थियो। सभासद्‌‍ श्याम शेर्पाले यस प्री क्रिशमसको कार्यक्रममा सहभागिता जनाउन पाउँदा आफैलाई भाग्यमानी ठानेको बताउदै सबैलाई क्रसमसको अग्रिम शुभेक्षा, शुभकामना दिए। हाट सञ्चालन समिति र गाउँवासीको एकताको पनि सभासद्ले प्रशंसा गरे अनि प्रभु यशूले सबैलाई शान्ति, करुणा र बलिदानको आशीष प्रदान गरुन्‌‍ भनी कामना रारे।

कार्यक्रममा विशेष हाट सञ्चालन समितिका प्रतिम तामाङ, प्रशान्त गुरुङ, युवा, नारी अनि भागोप्रमो टाउन कमिटीका सचिव वीरबल पाख्रीन उपस्थित थिए। यस अवसरमा नाच-गानको कार्यक्रम पनि सम्पन्न गरिएको थियो भनी भागोप्रमो समष्टि प्रसार प्रचार सदस्य रुपेश देवानले जनाएका छन्‌‍।

Share this news
आजको रोजाइ
श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

आजको रोजाइ