313-को नियुक्ति खारेजको प्रभाव बन्द हुने अवस्थामा धेरैवटा विद्यालयका एघारौं र बाह्रौं श्रेणी

Share this news

 दार्जीलिङ, 21 दिसम्बर (निसं):  दार्जीलिङ पहाड़का 313 जना शिक्षक-शिक्षिकाको नियुक्ति खारेज भएपछि पहाड़का धेरैवटा विद्यालयमा सञ्चालित एघारौं र बाह्रौं श्रेणीहरू बन्द हुने अवस्थामा पुगेका छन्। यहाँ प्राप्त जानकारीअनुसार, कुमाई उच्चत्तर माध्यमिक विद्यालयमा मोठ शिक्षक-शिक्षिका सङ्ख्या 15 छ भने उनीहरूमा 6 जना 313-मा पर्ने शिक्षक-शिक्षिका छन्। कुमाई उच्चत्तर माध्यमिक विद्यालय, मानेभञ्ज्याङ उच्चत्तर माध्यमिक विद्यालय, लोले, अम्बियोक, सुरुक, भानु उच्चत्तर माध्यमिक विद्यालयका एघारौं र बाह्रौं श्रेणी पूर्णरूपले बन्द हुने अवस्थामा पुगेका छन्। किनभने, यी विद्यालयमा सञ्चालित एघारौं र बाह्रौं श्रेणीमा यी 313 जना शिक्षक-शिक्षिकाहरूले नै विद्यार्थीहरूलाई पढ़ाइरहेका छन्। यसबाहेक धेरैवटा विद्यालयमा केही शिक्षक-शिक्षिका मात्रै रहने पनि स्पष्ट भएको छ। जसमाथि सयौंको सङ्ख्यामा रहेका विद्यार्थीहरूलाई पढ़ाउने जिम्मेवारी पर्ने भएको छ। दार्जीलिङको ब्लुमफिल्ड उच्चत्तर माध्यमिक विद्यालयमा हाल 5 जना शिक्षक छन्, तीमध्ये 3 जना 313-मा पर्ने शिक्षक-शिक्षिका छन्। जसअनुसार, 3 जना शिक्षकको नियुक्ति खारेज भएको कारण यहाँ अब केवल 2 जना शिक्षकले नै सम्पूर्ण विद्यार्थीलाई पढ़ाउने जिम्मेवारी लिनुपर्ने भएको छ। यस सम्बन्धमा संयुक्त माध्यमिक शिक्षक संगठनका अध्यक्ष जोन राईसित सम्पर्क गर्दा उनले भने-दार्जीलिङ पहाड़मा एसएससी (स्कूल सर्भिस कमिशन) मार्फत शिक्षक-शिक्षिकाहरूको नियुक्ति नभएको धेरै वर्ष भइसक्यो, तर दशौं श्रेणीसम्मका धेरैवटा विद्यालयलाई बाह्रौं श्रेणीमा बढ़ोत्तरी गरिएको छ। जसलाई यी 313 जना शिक्षक-शिक्षिकाहरूले नै पढ़ाउँदै आइरहेका छन्। तर अब यी शिक्षक-शिक्षिकाको नियुक्ति खारेज भएपछि दशौंदेखि बाह्रौं श्रेणीमा बढ़ोत्तरी भएका धेरैवटा विद्यालयका एघारौं र बाह्रौं श्रेणी बन्द हुने निश्चित छ। उनले एक प्रश्नको उत्तरमा भने-अहिले धेरैवटा विद्यालयको परीक्षा समाप्त भइसकेको छ भने धेरैवटा विद्यालयमा ठण्डा महीनाको छुट्टी पनि शुरू भइसकेको छ। यसैले विद्यालय पुनः लाग्न थालेपछि यी 313 जना शिक्षक-शिक्षिका आफ्नो काममा विगतमा जस्तै सुचारूरूपले जाने भएको पनि उनले बताए। स्मरण गराइन्छ, उच्च अदालतले गत 17 दिसम्बरको दिन मात्रै एक निर्देश जारी गर्दै दार्जीलिङ पहाड़ी क्षेत्रमा सन् 2019-मा नियुक्ति पाएका 313 जना शिक्षक-शिक्षिकाको नियुक्ति खारेज गरेको थियो। त्यसपछि नै पहाड़मा यी शिक्षक-शिक्षिकाको विषय लिएर व्यापक चर्चा परिचर्चा भइरहेको छ। अब दार्जीलिङ पहाड़का 313 जना शिक्षक-शिक्षिकाको भविष्य के हुन्छ? के उनीहरूको काम पुनर्बहाल हुन्छ? यस्ता कैयौं प्रश्नहरूसँगै 313 जना शिक्षक-शिक्षिकाको अन्यौल भविष्यले दार्जीलिङ पहाड़को शिक्षा व्यवस्थामाथि ठूलो प्रश्न चिन्ह खड़ा गराएको छ। अहिले यी शिक्षक-शिक्षिकाहरूका घरको अवस्था कस्तो भएको छ, त्यो 313 जना शिक्षक-शिक्षिकाको परिवारबाहेक अन्य कसलाई थाह हुनसक्छ। यो कुरा अन्यको लागि एउटा चर्चाको विषय बने पनि यो समस्या 313 जना परिवारको लागि जटिल समय हो। यहाँ एउटा पक्षको जीत र अर्को पक्षको हारको कुरा होइन, यहाँ दार्जीलिङ पहाड़को शिक्षा व्यवस्था कस्तो छ भन्ने कुरा उदाङ्गो भएको छ। यी शिक्षक-शिक्षिकाहरूलाई सन् 2019-मा स्थायी नियुक्ति प्रदान गरियो, तर उनीहरूका लागि राज्य सरकारबाट फाइनेन्सियल एप्रुभल ल्याउन वा प्रदान गराउन कसरी चुक भयो? के यो कुरा राज्य सरकारलाई थाह थिएन? कैयौं वर्षसम्म स्वयंसेवी शिक्षक-शिक्षिकाका रूपमा सेवा गरेर स्थायी नियुक्ति पाउने उनीहरूले आज यस्तो स्थितिको सामना गर्न परेको छ।

Share this news
आजको रोजाइ
नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

आजको रोजाइ