Gratitude to Prime Minister and Home Minister

सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

Share this news

गोर्खाबाहुल क्षेत्रको लागि स्थायी समाधान सम्बन्धित वार्तालाई अगाड़ि बढ़ाउन भारतका राष्ट्रीय सुरक्षा उपसल्लाहकार (Dy-NSA) रहेका पंकज कुमार सिंह, आइपीएस (सेवानिवृत्त) लाई इन्टरलोक्युटर नियुक्त गरिएको घोषणाका लागि दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका जनताको तर्फबाट सांसद राजु विष्टले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहप्रति हार्दिक कृतज्ञता टक्र्याएका छन्। सांसद विष्टले प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका छन्। विज्ञप्तिमा उल्लेख गरिए अनुसार यो क्षेत्रको इतिहासमा पहिलोपटक कुनै रक्तपात, राजनीतिक अशान्ति, वा एउटा पनि ज्यान नगुमाइकन इन्टरलोक्युटरको नियुक्तिको चरणमा पुगेको बताइएको छ। पहाडी जनताको लागि, यो दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रका जनताको एक उल्लेखनीय विजयको द्योतक हो। विष्टले, आफूमा शुरूदेखि विश्वास रहिआएको छ कि दिगो राजनीतिक समाधानको मार्ग वार्तालाप अनि शान्तिको मार्गद्वारा प्रशस्त हुनु आवश्यक रहेको बताएका छन्। अघाडि लेखिएको छ, इन्टरलोक्युटरको नियुक्तिले गोर्खाबाहुल क्षेत्रका जनताको आकांक्षाहरूको सम्बोधनको दिशामा एक महत्त्वपूर्ण पाइलालाई दर्शाउँछ। इन्टरलोक्युटरको भूमिकाले यो क्षेत्रका राजनीतिक प्रतिनिधिहरू लगायत सबै सरोकारवालाहरूमाझ वार्ताको मार्ग प्रशस्त गर्ने सांसद विष्टले विश्वास व्यक्त गरेका छन्।


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या