गोर्खा राष्ट्रिय मुक्ति मोर्चा भारत सरकारप्रति हार्दिक आभार प्रकट गर्दछ। विशेषतः प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री अमित शाहलाई हामी आभार व्यक्त गर्न चाहन्छौँ, जस अन्तर्गत पंकज कुमार सिंहलाई गोर्खा समुदायको दीर्घकालीन राजनैतिक समस्याको समाधानका निम्ति वार्ताकार (Interlocutor) का रूपमा नियुक्त गरिएको छ। यो कुरा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिेको छ। जसमा अघाडि भनिएको छ, यो ऐतिहासिक निर्णयले भारत सरकारको गोर्खा समुदायप्रतिको संवेदनशीलता, प्रतिबद्धता र न्यायपूर्ण दृष्टिकोणलाई स्पष्ट रूपमा प्रतिविम्बित गर्दछ। यस पहलसँगै, अब केही सीमित व्यक्ति वा समूहहरू मात्र होइन, बरु सबै सरोकारवाला पक्षहरूले आफ्ना विचार, सुझाव र धारणा रचनात्मक रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन्। हामी विश्वास गर्दछौं कि यस समावेशी र परामर्शमूलक प्रक्रियाले गोर्खा समुदायको दीर्घकालीन राजनैतिक आकांक्षा पूरा गर्ने दिशामा एक ठोस, न्यायपूर्ण र स्थायी मार्ग प्रशस्त गर्नेछ। यो कदमले दार्जीलिङ–पहाड तथा सम्पूर्ण क्षेत्रको शान्ति, स्थायित्व र समृद्धिको यात्रालाई अझ बलियो बनाउनेछ भन्ने हाम्रो दृढ विश्वास छ।
