Annual celebration of Ramakrishna Higher Secondary Girls

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

Share this news

खरसाङको रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव बिहीबार जीटीएको एमओडी सभासद श्याम शेर्पाको प्रमुख आतिथ्यमा आयोजन गरिएको थियो। विद्यालयको वार्षिक उत्सव विद्यालयकी प्रधान अध्यापिका चन्द्रकला थापा यल्मो अनि अन्य शिक्षिकाहरुकाे उपस्थितिमा मुख्य अतिथि सभासद श्याम शेर्पाले रिबन काटेर उदघाटन गरेक‌ा थिए। यस अवसरमा विद्यालयमा विभिन्न मनोरञ्जनात्मक खेलहरु र खाद्यान्न प्रदर्शनी गरिएको थियो। कार्यक्रममा सभासद शेर्पाद्वारा नानीहरूलाई कुपन पनि वितरण गरेका थिए। यस कार्यक्रममा नानीहरू सबैले मनोरञ्जन गरेका थिए। यस विद्यालयकी प्रधान अध्यापिका चन्द्रकला थापा यल्मोले जानकारी गराए अनुसार यो विद्यालयले पढाइकाे साथमा खेलकूद, विभिन्न प्रदर्शनीहरु वार्षिक उत्सव, लगायत अन्य धेरै धेरै कार्यक्रमहरु वार्षिक रुपमा आयोजना गर्दै आइरहेको छ, जसले नानीहरूकाे मनोबल वृद्धि हुन्छ। उनले स्कूलकाे प्रत्येक कार्यक्रममा निम्त्याएको बेला उपस्थिति दिने सभासद श्याम शेर्पाप्रति आभार प्रकट गरिन्।


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या