राहत सामग्रीहरु वितरण कार्यलाई निरन्तरता दिँदै भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) दार्जीलिङ जिल्ला कमिटीले दुधेको तरुवा क्षेत्रमा बाढीबाट प्रभावित पीडितहरूलाई सहयोग प्रदान गरेको छ। आउँदो जाडो महिनाको तयारीका लागि न्यानो कम्बल, ज्याकेट, पुलओभर अनि पाइन्ट आदि वितरण गरिएको छ। यस टोलीलाई माकपा जिल्ला सचिव एवं पूर्व सांसद समन पाठकले नेतृत्व गरेका थिए भने यस टोलीमा उपस्थित जिल्ला सचिव मण्डली सदस्य कमरेड सचिन खाती लगायतका अन्य सहभागी थिए। यस क्रममा पूर्व सांसद एवं जिल्ला सचिव समन पाठकले यो आपदाले कसैको ज्यान गएको छ, कसैको घर क्षति भएको छ, कसैको गरिखाने माध्यम गएको छ भन्दै यस क्रममा दुधेको तरुवामा धेरै क्षति भएको बताए। उनले आफ्नो पार्टीको तर्फबाट विभिन्न स्थानहरुमा राहत सामग्रीहरू वितरण गरिरहेको र यस क्रममा दुधेको तरुवामा आएको बताए।