हालै आएको पहिरो अनि बाढीले पहाड र तराईका धेरै भागहरूमा विनाश निम्त्याएको अवस्थामा, हाम्रा भाजपा टोलीहरूले प्रभावित परिवारहरूलाई सहयोग गर्न राहत र खाद्यान्न आपूर्ति गरिरहेको सांसद राजु विष्टले बताएका छन्।
उनले भारतीय जनता पार्टी (भाजपा) र भाजपा युवा मोर्चाका नेताहरू अनि कार्यकर्ताहरूले तत्काल आवश्यकतामा परेकाहरूलाई राहत सामग्रीहरू पुर्याउन स्थानीय स्वयंसेवकहरू लगायत नागरिक समाज संस्थाहरूसँग नजिकबाट काम गरिरहेको बताए।
सांसद विष्टले भोलि रट आगामी दिनहरूमा यस विपत्तिबाट प्रभावित थप परिवारहरूलाई सहयोग गर्न थप राहत सामग्री, खाद्यान्न प्याकेट र आवश्यक सामग्रीहरू पठाउन जारी राख्ने बताएका छन्।
