कालेबुङ इन्डस्ट्रियल पार्कमा गत 11 देखि 13 अक्टोबरसम्म तीन दिने पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन गरिएको थियो। जसको आयोजना कालेबुङ हर्टिकल्चर एण्ड फ्लोरिष्ट एसोसिएशनद्वारा गरिएको थियो। प्रदर्शनीमा थियो, दार्जिलिङ, सिक्किम र कोलकाताबाट आएका विभिन्न पुष्प स्टलहरू रहेका थिए। विभिन्न स्टल सञ्चालकहरूले आफ्ना अनुभव र उत्साह साझा गरे, साथै स्थानीय युवाहरूमाझ पुष्प व्यवसायको महत्व र सम्भावनाबारे पनि चर्चा गरे। यसै गरी आयोजक कालेबुङ हर्टिकल्चर एण्ड फ्लोरिष्ट एसोसिएशनका पदाधिकारीहरूले सहभागीहरू र दर्शकहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरूले कालेबुङलाई वागवानी केन्द्रको रूपमा प्रवर्द्धन गर्न र क्षेत्रीय पुष्प व्यवसायीहरूबीच सम्बन्ध सुदृढ गर्न सहयोग पुर्याउने बताए।
