आइजीजेएफ प्रमुख संयोजक अजय एडवर्ड्सको आदेशानुसार पार्टीको एक टोली सियोक, भष्मेको पैह्रो पीडितको घर बनाउने च्यादर लिएर सहयोग पुर्याउन पुग्यो।
बिगत 4 अक्टोबर 2025-को अविरल वर्षाको कारण गएको पैह्रोमा ज्यान गुमाएका सियोक, भष्मे निवासी दम्पतिको घर क्षतिग्रस्त भएको थियो जसको परिवारको निम्ति गाउँलेहरु मिलेर सानो अस्थायी घरको निर्माण गरिरहेका छन्। जुन घरको लागि एडवर्ड्सद्वारा पनि च्यादर दिएर सहयोग पुर्याएका छन्। अजय एडवर्ड्सले उक्त पैह्रो पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। यसक्रममा पीडित परिवारको तर्फबाट एडवर्ड्सलाई सहयोगको निम्ति कृतज्ञता प्रकट गरेको छ।
