लेबोङ बदामताम समष्टि अन्तर्गत अप्पर धजेको पैह्रो प्रभावित क्षेत्र अनि अन्यान्य ठाउँहरुमा आइजीजेएफ नेत्री नोरा सुब्बाद्वारा तारपोलिन बितरण गरियो। जसमा अप्पर धजे, धर्मशाला, मालीगाउँका पैह्रोद्वारा प्रभावित क्षेत्र रहेका थिए। आठ दिन बितिसक्दा पनि ग्राम पञ्चायत प्रधान अनि सदस्यहरु अप्पर धजे पुरै गाउँलाई प्रभावित बनाउने पैह्रो निरीक्षणको निम्ति आई नपुगेको गाउँलेहरुले सुब्बालाई बताए। नोरा सुब्बाले यतिका दिनसम्म बदामताम ग्राम पञ्चायतका प्रधान अनि उक्त क्षेत्रको सदस्यहरु निरीक्षण गर्न नआई पुग्नु भनेको उनीहरुको जनताप्रति स्वार्थपूर्ण भावना मात्र रहेको बताइन्।
