मिरिक अनि पाेख्रेबुङ क्षेत्रलाई जाेड्ने विकल्प अस्थायी सडक निर्माण कार्य शुरू भएकाे छ। सडक निर्माण कार्य चाँडै समाप्त हुने अनि यातायात सुचारू गरिने सम्बन्धितअधिकारीहरूले जानकारी गराएका छन। याद रहाेस राङभाङ खाेलाकाे जलस्तर बढेपछि मिरिक पाेख्रेबुङ क्षेत्रलाई जाेड्ने सडकलाई व्यापक क्षति गरेपछि यातायात ठप्प भइरहेकाे थियाे।यातायात ठप्प बनेपछि मानिसहरू सुकिया भएर मिरिक आउनु पर्ने सृजना भएकाे थियाे। जसमा वाहनकाे भाडा अधिक लाग्न साथै यातायातमा पनि समस्या धेरै भएकाे थियाे। केही दिनअघि उक्त प्रभावित क्षेत्रकाे स्थलगत भ्रमण गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापाले गरेपछि यातायात सुचारू गर्ने, जसकाे लागि ओकलेन मशिन पठाउने वचन दिएका थिए। आइतबार उक्त मशिन आएपछि काम पनि शुरू भएकाे छ भने हीमपाइप लगाएर विकल्प सडक निर्माण कार्य भइरहेकाे छ। उक्त कार्य छिटाे समाप्त गरि यातायात सुचारू गर्ने लक्ष्य राखिएकाे छ। यता विकल्प सडक निर्माण कार्य शुरू भएपछि स्थानीय मानिसहरूले राहत अनुभाव गर्दै यातायात सुचारू भए सबैलाई नै सुविधा हुने बताए।
