पलुङ्दुङ–रियाङ बस्तीस्थित मूल सडक पहिरोका कारण केही दिनदेखि पूर्ण रूपमा अवरुद्ध रहेकामा स्थानीय प्रशासन तथा जनप्रतिनिधिहरूको सक्रिय पहलपछि आइतबारदेखि आवागमन पुनः सुरु भएको छ। सो क्षेत्र पाँच दिनसम्म पूर्ण अन्धकारमा रहेकोमा अहिले विद्युत् आपूर्ति पनि पुनःस्थापित भएको छ। सडक पुनः निर्माण तथा मर्मत कार्यमा जी.टी.ए.का प्रमुख कार्यपाल अनित थापा र क्षेत्रीय सभासद् उदय देवानको पहलमा डोजर (JCB) उपलब्ध गराइएपछि प्लुङ्दुङ क्षेत्रका बासिन्दाले आभार व्यक्त गरेका छन्। ग्राम पंचायत प्रधान रोमन शेर्पाको नेतृत्वमा स्थानीय टोलीले क्षतिग्रस्त क्षेत्रको निरीक्षण, पीडित परिवारलाई तिरपाल वितरण तथा आवश्यक प्रतिवेदन सम्बन्धित निकायमा बुझाउने कार्य गरेका छन्।
