गोर्खा जनमुक्ति मोर्चाको टोलीले प्राकृतिक आपदा क्षेत्रहरूको लगातार रूपमा स्थलगत भ्रमण गर्दै पीडित परिवारहरूको गुनासोमा आफ्नो क्षमता अनुसार आफूले सक्ने सक्दो सहयोगको निम्ति अघि आएर जरूरत परेको क्षेत्रहरूमा तारपोलिन, अब आउँदै गरेको हिउँदोलाई ध्यानमा राखेर ओढ्ने ब्ल्यान्केट र केही आर्थिक धनराशि सहयोग पुराईरहेको छ। सरकारमा नभए तापनि दुःखको घडीमा आपदा पीडितहरू भएको कुना कुनामा पुगेर हालखबर बुझेर सहयोग पुर्याउने कोशिशमा रहेको गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले बताएका छन्। केहि दिन अघि दुधे, सौरेनी, मिरिक क्षेत्रहरूको स्थलगत भ्रमण पश्चात फेरि रिम्बिक लोधोमा फेदी खोला फेन्चेटार, बिजनबारीको स्थलगत भ्रमण गरेका गुरुङले सालु चिया कमानका पीडित परिवारहरू संग भेटघाट गरेका थिए।
