गत 3-4 अक्टोबरको दिन परेको मुसलधार पानीले पहाडका विभिन्न गाऊँहरूमा व्यापक पैह्रो गएको छ। धेरैले ज्यान माल गुमाएका छन्। यस्तो स्तिथिमा लाली गुराँस समूहले पीडितहरूलाई सहयोग गर्न अर्थ संग्रह गरेको थियो भने हालमा समूहका कार्यकर्ताहरू राहत अभियानमा उत्रेका छन्। स्वस्थ्य जाँच विशिर सँगसँगै राहत सामग्री उपलब्ध गराउने काम पनि भइरहेको छ। सोही क्रममा एउटा टोली सुखिया खण्ड विकास अन्तर्गत पर्ने टुक्रे, गोदामधुरामा राहत प्रदान गरिएको छ। यस टोलीमा लङभ्यू परिवर्तन मुभमेन्टका स्वमसेवकहरू पनि सामेल रहेको लाली गुराँस समूहकी सदस्य अनुपा तामाङले जानकारी दिएकी छन्।
