दार्जीलिङ बिधानसभा क्षेत्रका विधायक निरज जिम्बा तामाङले पहिरो प्रभावित क्षेत्रमा गाउँ–गाउँ पुग्दै पीडित परिवारहरूसँग प्रत्यक्ष भेटघाट गर्दै, सान्त्वना प्रदान गर्नका साथै तत्काल आवश्यक राहत सहयोग प्रदान गरिरहेका छन्। भत्किएका सडक, दुर्गम भौगोलिक अवस्था र कमजोर सञ्चार जस्ता कठिनाइबीच पनि उनले आफ्नो जनताको साथमा रहने प्रतिबद्धता अडिग रहेको जनाएको छ। उनले, कुनै परिवारलाई पनि यो दुःखको घडीमा एक्लो महसुस हुन नदिने आफ्नो प्रतिज्ञा भएको बताएका छन्। उनले आफ्नो टोलीसहित अँध्यारो र अनिश्चित बाटो हुँदै एउटा दुर्गम गाउँमा पुगेका थिए, जहाँ पहिरोले सबै सम्पत्ति गुमाएका परिवारहरूलाई अत्यावश्यक राहत सामग्री, त्रिपाल, न्यानो कपडा साथै आर्थिक सहयोग प्रदान गरे। दार्जीलिङका विभिन्न ठाउँमा क्षतिको दायरा अत्यन्त व्यापक रहेको भन्दै विधायक जिम्बा तामाङले, “हरेक गाउँ र हरेक प्रभावित परिवारसम्म पुग्न केही समय लाग्छ, तर आफू नरोकिने,गाउँदेखि गाउँ पुग्दै आफ्नो जनताको साथमा रहने वाचा गरेको गोरामुमो सञ्चार प्रमुख दिनेश साम्पाङले जानकारी दिएका छन्।
