Administrative team activated to manage victims

पैह्रोग्रस्तहरूको व्यवस्थापन गर्न प्रशासनिक टोली सक्रिय

Share this news

गत ४ अक्टोबरको भीषण वर्षा र पैह्रोका कारण गम्भीररूपमा प्रभावित रङ्बुल–धोत्रे–रङ्मूक क्षेत्रका गाउँघरहरूमा शनिवारदेखि प्रशासनिक सर्वेक्षण कार्य तीव्र गतिमा अघि बढाइएको छ। सुरक्षित आवास खोजी तथा पुनःस्थापनाका लागि सरकारी अधिकारी, स्थानीय स्तरका प्रतिनिधि र पञ्चायती निकायको संयुक्त टोलीले विस्तृत स्थलगत अनुगमन गरेको छ। सर्वेक्षण टोलीको अगुवाई जीटीए सभाका उपाध्यक्ष राजेश चौहानले गरेका छन्। उनको नेतृत्वमा भूमि तथा भूमि सुधार विभाग, जोरबङ्लो–सुकेकोपोखरी खण्ड विकास विभाग, पञ्चायत समिति र ग्राम पञ्चायतका प्रतिनिधि सहभागी भई स्थलगत मूल्याङ्कन भइरहेको छ। धोत्रे कलेजभेल्ली ग्राम पञ्चायत क्षेत्रका १०० भन्दा बढी परिवारलाई उच्च जोखिममा राखिएको छ। “मिलिङमा एक घर, अपर कलेजभेल्लीमा चार घर, चन्द्रमानधुरामा एक घर र मुण्डाकोठीको गोठ खड़्का बस्तीमा एक घर पूर्णरूपमा ध्वस्त भएको पाइएको छ। साथै, चन्द्रमानधुराका ८४ र तामाङ टोलका १५ घर जोखिमग्रस्त अवस्थामा छन्,” चौहानले जानकारी दिए। सर्वेक्षणपछि अति प्रभावित यी परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा आवश्यक सहायताका कार्यक्रमलाई तिव्रता दिने योजना प्रशासनले बनाएको छ। यस अघि, दार्जीलिङ जिल्लापाल प्रिती गोयलले पनि भूकम्प–पैह्रो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेपछि, पुनःस्थापनाको कार्य तत्काल थाल्ने सन्देश प्रशासनलाई दिइएकै हो।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न