खरसाङ शहरमा थुप्रिएको फोहोर-मैला शुक्रवारदेखि उठाउन शुरु गरिने

Share this news

खरसाङ, 9 अक्टोबर (निसं): भएको छ। खरसाङ नगरपालिका प्रसासनिक बोर्डका अध्यक्ष वृगेन गुरुङले यसको जानकारी गराएका छन्‌‍। तिनले खरसाङ शहरी क्षेत्रको फोहोर-मैला लगिने सुन्तले पाखाको बाटो धेरै स्थानमा विगतको भारी वर्षाको कारण भत्किएको, ठाउँ-ठाउँमा पैह्रो आएर बाटोमा ढुंगा-माटो थुप्रिएकोले शहरको फोहोर-मैला उठाउन नसकिएको बताउदै गत पाँच अक्टोबरदेखिनै स्क्याभेटर लगाएर युद्ध स्तरमा कार्य गर्दै बाटोमा झरेको पैह्रो सोहोरेर, खाल्डाहरू पुरेर गाड़ी चलाउन सकिने अवस्थामा ल्याइएकोले शुक्रवारदेखि खरसाङ शहरको विभिन्न स्थानमा थुप्रिएको फोहोर-मैला उठाएर सुन्तलने पुऱ्यउने कार्य आरम्भ गरिने बताए। तिनले भने, विगतको भारी वर्षामा पहाड़को विभिन्न स्थानमा पैह्रो जानुका साथै खरसाङ नगरपालिका क्षेत्रको फोहोर-मैला लगिने सुन्तले पाखा जाने बाटो विभिन्न ठाउँमा भत्किएको थियो, विभिन्न ठाउँमा पैह्रो झरेर बाटोमा ढुंगा-माटो थुप्रिएकोले बाटो बन्द थियो। हामीले निरन्तर काम गरेर, बाटो खोल्ने कार्यको आफै उपस्थित रहेर निरीक्षण गरेर बाटो खोलाउने कार्य गरेका छौँ। निरन्तर प्रयासको फलस्वरुप बिस्तारै गाड़ी चल्न सक्ने अवस्थामा बाटो ल्याएका छौँ। हामी शुक्रवारदेखि खरसाङ शहरी क्षेत्रको विभिन्न स्तानमा थुप्रिएको फोहोर-मैला उठाउन शुरु गर्नेछौँ। स्मरण गराइन्छ, गत 4 अक्टोबरको भारी वर्षापछि सुन्तले क्षेत्रको बाटो भत्किएको र ठाउँ-ठाउँमा पैह्रो झरेकोले खरसाङ नगरपालिका क्षेत्रको फोहोर-मैला फाल्न लगिएको छैन। जसको कारण शहरको विभिन्न स्तानमा फोहोर-मैलाको थुप्रो लागेर बसेको छ। थुप्रिएको फोहोर-मैला कुहेर कतिपय स्थानमा व्यापक दुर्गन्ध फैलिरहेको छ। यसो हुँदै कतिपयले नगरपालिका फोहोर-मैला प्रबन्धनमा चुकेको आरोप समेत लगाइरहेका छन्‌‍। मानिसहरूले फोहोर-मैला थुप्रिएको स्थानबाट पार गर्दै नगरपालिकाको खोइरो खन्ने कार्य गरिरहेका छन्‌‍। शुक्रवादेखि खरसाङ शहरी क्षेत्रमा थुप्रिएको फोहोर-मैला उठाउ आरम्भ गरिएपछि नगरवासीले ठूलो राहतको अनुभव गर्नेछन्‌‍। नगरपालिका प्रशासनिक बोर्डका अध्यक्ष वृगेन गुरुङले प्राकृतिक प्रकोपको कारण बाटो भत्किएर, बाटोमा पैह्रो झरेर बन्द भएपछि नगरपालिका क्षेत्रको फोहोर-मैला सुन्तले लैजान नसकिएकोमा खेद प्रकट गर्दै यस परिस्थितिमा नगरवासीले बुझेर सहयोग गरिदिएकोमा धन्यवाद पनि दिएका छन्‌‍।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न