Memorandum of gratitude
Memorandum of gratitude

मुख्यमन्त्री अनि जीटीए प्रमुख थापाप्रति कृतज्ञता ज्ञापन

Share this news

आजदेखि सिलगढी मिरिक माझ दुधे भएर चल्ने गाडीहरूको निम्ति यहाँको बालासन खोलामाथिको अस्थायी पुल खुल्ला गरिएको छ। आज एघार बजीदेखि आधिकारिक रूपमा खुल्ला गरियो। गत 4 अक्टोबरमा आएको अविरल वर्षाको कारण यहाँको फलामे पुललाई भत्काइदिएपछि दुधे भएर सिलगढी-मिरिक माझ यातायात पूर्ण रूपले ठप्प भएको थियो। यसैलाई ध्यानमा राखेर जीटीए प्रमुख कार्यपाल अनित थापाले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई यहाँ हाललाई समस्या सामाधानको निम्ति कुनै विकल्प सोचिदिने गरेको आग्रहको फलस्वरूप यहाँ एउटा अस्थायी पुल निर्माण गर्ने औ उक्त पुल पन्ध्र दिनभित्रमा निर्माण गरिसकिने दिएको आश्वासनको फलस्वरूप उक्त अस्थायी पुल निर्माण कार्य पूरा भएपछि आजदेखि सर्वसाधारणको निम्ति खुल्ला गरियो। यसको निम्ति सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन अनि उपप्रधान सन्तोष तामाङले राज्यकी मुख्यमन्त्री अनि जीटीए प्रमुख कार्यपाल अनित लगायत यस कार्यमा रातदिन एक गरेर काम गर्ने ठेकेदार, अभियन्ताहरू तथा कर्मचारीहरू सबैलाई धन्यवाद दिएका छन्। तिनले यस पुल निर्माणले अब सर्वसाधारणलाई धेरै राहत मिलेको जनाउँदै दार्जीलिङ पहाडमा आउने पर्यटकहरूलाई पनि अब पहाड आउन सक्ने औ यहाँको बाटोघाटोको कुनै असुविधा औ बाधा नरहेको जनाएका छन्।

Share this news
आजको रोजाइ
श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

आजको रोजाइ