A World Record in Political Dramatization
A World Record in Political Dramatization

दुधे ह्युम पाइप पुलः राजनैतिक नाटकीकरणमा विश्व रेकर्ड

Share this news

विधायक निरज जिम्बाले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्, मुख्यमन्त्रीको पछिल्लो सामाजिक सञ्जालको पोस्टमा दुधे क्षेत्रमा बनेको “ऐतिहासिक” ह्युम पाइप पुलको उद्घोष यस्तो ढङ्गले गरिएको छ, मानौं पश्चिम बंगालले विश्वको आठौँ आश्चर्य निर्माण गरेको हो। विवरण पढ्दै जाँदा थाह हुन्छ ,यो त ४६८ मिटर लामो, १३२ ह्युम पाइपले बनेको एउटा भेन्टेड कजवे मात्रै रहेछ। १६ दिनको श्रमलाई अहिले “रेकर्ड ब्रेकिङ उपलब्धि” का रूपमा प्रस्तुत गरिएको छ । साँच्चै, ममता ब्यानर्जीको शासनमा सामान्य कुरालाई असाधारण बनाउने कला पराकाष्ठामा पुगेको छ , ह्युम पाइपलाई हेडलाइनमा रूपान्तरण गर्ने कला। तर प्रश्न उठ्छ, यस्तो सामान्य कार्यको “उपलब्धि” किन मुख्यमन्त्री आफैले घोषणा गर्नुपर्‍यो ? के यो पुलको श्रेय कम्तिमा पनि यसको भौगोलिक क्षेत्राधिकारभित्र पर्ने जीटीए (GTA) लाई दिइनु हुँदैनथ्यो? तर, “सहकारी संघियता”,मुख्यमन्त्रीको मनपर्ने “तकिया शब्द” , सधैं त्यतिबेला मात्र याद आउँछ जब केन्द्र सरकारलाई दोष दिनु पर्छ, नकि जब स्थानीय निकायलाई श्रेय दिनुपर्ने हुन्छ। आजको युगमा जहाँ समुद्रमाथि पुल र पहाड मुनि सुरुङहरू निर्माण भइरहेका छन्, त्यहाँ बंगाल भने नदीमाथि पाइप बिछ्याएकोमा उत्सव मनाइरहेको छ। निःसन्देह, यो पनि एउटा विश्व रेकर्ड हो , निर्माणमा होइन, राजनैतिक नाटकीकरणमा। त्यसैले, वधाइ अवश्य दिनु पर्छ। पुलको निम्ति होइन, त्यो शब्दको पुलको निम्ति , जसले आत्मप्रशंसा र प्रतीकवादबीच सम्बन्ध जोडिदिन्छ।

Share this news
आजको रोजाइ
श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

आजको रोजाइ