A World Record in Political Dramatization

दुधे ह्युम पाइप पुलः राजनैतिक नाटकीकरणमा विश्व रेकर्ड

Share this news

विधायक निरज जिम्बाले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्, मुख्यमन्त्रीको पछिल्लो सामाजिक सञ्जालको पोस्टमा दुधे क्षेत्रमा बनेको “ऐतिहासिक” ह्युम पाइप पुलको उद्घोष यस्तो ढङ्गले गरिएको छ, मानौं पश्चिम बंगालले विश्वको आठौँ आश्चर्य निर्माण गरेको हो। विवरण पढ्दै जाँदा थाह हुन्छ ,यो त ४६८ मिटर लामो, १३२ ह्युम पाइपले बनेको एउटा भेन्टेड कजवे मात्रै रहेछ। १६ दिनको श्रमलाई अहिले “रेकर्ड ब्रेकिङ उपलब्धि” का रूपमा प्रस्तुत गरिएको छ । साँच्चै, ममता ब्यानर्जीको शासनमा सामान्य कुरालाई असाधारण बनाउने कला पराकाष्ठामा पुगेको छ , ह्युम पाइपलाई हेडलाइनमा रूपान्तरण गर्ने कला। तर प्रश्न उठ्छ, यस्तो सामान्य कार्यको “उपलब्धि” किन मुख्यमन्त्री आफैले घोषणा गर्नुपर्‍यो ? के यो पुलको श्रेय कम्तिमा पनि यसको भौगोलिक क्षेत्राधिकारभित्र पर्ने जीटीए (GTA) लाई दिइनु हुँदैनथ्यो? तर, “सहकारी संघियता”,मुख्यमन्त्रीको मनपर्ने “तकिया शब्द” , सधैं त्यतिबेला मात्र याद आउँछ जब केन्द्र सरकारलाई दोष दिनु पर्छ, नकि जब स्थानीय निकायलाई श्रेय दिनुपर्ने हुन्छ। आजको युगमा जहाँ समुद्रमाथि पुल र पहाड मुनि सुरुङहरू निर्माण भइरहेका छन्, त्यहाँ बंगाल भने नदीमाथि पाइप बिछ्याएकोमा उत्सव मनाइरहेको छ। निःसन्देह, यो पनि एउटा विश्व रेकर्ड हो , निर्माणमा होइन, राजनैतिक नाटकीकरणमा। त्यसैले, वधाइ अवश्य दिनु पर्छ। पुलको निम्ति होइन, त्यो शब्दको पुलको निम्ति , जसले आत्मप्रशंसा र प्रतीकवादबीच सम्बन्ध जोडिदिन्छ।


Share this news
आजको रोजाइ

छठ पर्वको बेला फर्नीचरको दोकानमा लाग्यो भीषण आगो !

वार्ड १५ मा तृणमूल युवा कांग्रेसको सङ्गठनात्मक छलफल

वार्ड १५ मा तृणमूल युवा कांग्रेसको सङ्गठनात्मक छलफल

सरसफाई कर्मचारी टीएमसीको पहलमा छटको सामग्री वितरण

सरसफाई कर्मचारी टीएमसीको पहलमा छटको सामग्री वितरण

जीटीएले बंगाल सरकारको एजेन्ट भएर काम गर्दैछः सन्दिप लिम्बु

जीटीएले बंगाल सरकारको एजेन्ट भएर काम गर्दैछः सन्दिप लिम्बु

सिङ्गेल सडक दुरावस्थाः नेताको राजनीति, जनताको पीडा!

सिङ्गेल सडक दुरावस्थाः नेताको राजनीति, जनताको पीडा!

एसकेएमलाई सिक्किमका हरेक कुनाकुनामा सुदृढ बनाउने

एसकेएमलाई सिक्किमका हरेक कुनाकुनामा सुदृढ बनाउने

मुख्यमन्त्री अनि जीटीए प्रमुख थापाप्रति कृतज्ञता ज्ञापन

मुख्यमन्त्री अनि जीटीए प्रमुख थापाप्रति कृतज्ञता ज्ञापन

दुधे ह्युम पाइप पुलः राजनैतिक नाटकीकरणमा विश्व रेकर्ड

दुधे ह्युम पाइप पुलः राजनैतिक नाटकीकरणमा विश्व रेकर्ड

दुधे हुँदै मिरिक-सिलगढीबीच यातायात आजबाट शुरु

दुधे हुँदै मिरिक-सिलगढीबीच यातायात आजबाट शुरु

इन्टरलोक्युटर नियुक्तिमाथि पुनर्विचारको मन्तव्यले बेखुसी

इन्टरलोक्युटर नियुक्तिमाथि पुनर्विचारको मन्तव्यले बेखुसी