meeting was held with the families
meeting was held with the families

आन्दोलनका शहीद परिवारलाई लिएर बैठक आयोजित

Share this news

स्यामादेवि भवनमा शनिबार शहीद परिवारलाई लिएर दोस्रो बैठक सम्पन्न भएको छ। बैठकको अध्यक्षता निरियश मुखियाले गरेका छन्। कालेबुङका विभिन्न क्षेत्रबाट आएका सहिद परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिती रहेको थियो। उनीहरूले आफ्ना–आफ्ना मन्तव्य राख्दै १९८६ सालमा शहीद बनेका शहीद परिवारले आजसम्म राज्य वा सरकारबाट कुनै सुविधा वा लाभ नपाएको पीडा पोखेका थिए। एक महिला सदस्यले भावुक हुँदै, “हामीलाई केवल शहीद दिवसको दिन मात्र सम्झिन्छन्, तर वास्तविक सहयोग आजसम्म प्राप्त भएको छैन,” भन्ने धारणा राखिन्। साथै उपस्थित सदस्यहरूले शहीदहरूको सम्मानपूर्वक सम्झना गर्दै शहीदको नाउँमा कुनै प्रकारको राजनीति नगर्न सबैसँग अपील गरेका छन्।
स्मरण रहोस यस वर्ष गोर्खा गौरव संस्थान द्वारा शहीद दिवशको दिन सहिदहरूको परिचय र विवरण समेटिएको पुस्तक प्रकाशित गरिएको थियो। सोही कार्यक्रम मा शहीद परिवारका सदस्य समाजसेवी निरियेश मुखियाको सकारात्मक पहलमा शहीद परिवारलाई एकजुट बनाउन पहल सुरु गरिएको थियो। सोही अनुरूप शनिबार दोस्रो सभा सम्पन्न गरिएको हो। शहीद परिवारलाई एकजुट बनाउन नितान्त आवश्यक रहेको भन्दै उनले यसको एउटा संगठन खडा गर्ने उनले आह्वान गरेका छन्।

Share this news
आजको रोजाइ
लर्ड्समा शतकपछि आईसीसी वनडे ब्याटिङ वरीयतामा रोहित शर्माको ठूलो छलाङ, चौथो स्थानमा उक्लिए

लर्ड्समा शतकपछि आईसीसी वनडे ब्याटिङ वरीयतामा रोहित शर्माको ठूलो छलाङ, चौथो स्थानमा उक्लिए

भानु टर्निङ पहिरो प्रभावित क्षेत्रको जिल्ला कलेक्टरद्वारा निरीक्षण, ढल निकास सुधार र न्यूनीकरणका उपायलाई प्राथमिकता

भानु टर्निङ पहिरो प्रभावित क्षेत्रको जिल्ला कलेक्टरद्वारा निरीक्षण, ढल निकास सुधार र न्यूनीकरणका उपायलाई प्राथमिकता

प्रियंका गान्धीले विद्यार्थी आन्दोलनलाई समर्थन गर्दै केन्द्र सरकारको आलोचना, विपक्षी सांसदको संसद परिसरमा विरोध

प्रियंका गान्धीले विद्यार्थी आन्दोलनलाई समर्थन गर्दै केन्द्र सरकारको आलोचना, विपक्षी सांसदको संसद परिसरमा विरोध

लाठीचार्जबारे लोकसभामा गर्जे सपा प्रमुख

लाठीचार्जबारे लोकसभामा गर्जे सपा प्रमुख

हाम्रो समय खेर नफाल्नुहोस् : प्रधानन्यायाधीश सूर्यकान्त

हाम्रो समय खेर नफाल्नुहोस् : प्रधानन्यायाधीश सूर्यकान्त

NHPC टिस्टा चरण VI सुरुङ दुर्घटना: चार दिने खोज तथा उद्धार अभियान सम्पन्न, मृतकको संख्या २५ पुग्यो

NHPC टिस्टा चरण VI सुरुङ दुर्घटना: चार दिने खोज तथा उद्धार अभियान सम्पन्न, मृतकको संख्या २५ पुग्यो

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाद्वारा ककनीका जनप्रतिनिधिसँग विकास र स्थानीय समस्याबारे विस्तृत छलफल

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाद्वारा ककनीका जनप्रतिनिधिसँग विकास र स्थानीय समस्याबारे विस्तृत छलफल

जिल्लास्तरीय ८०औँ स्वतन्त्रता दिवसको तयारी तीव्र, गेजिङमा जिल्ला प्रशासनद्वारा विभागीय जिम्मेवारी तोकियो

जिल्लास्तरीय ८०औँ स्वतन्त्रता दिवसको तयारी तीव्र, गेजिङमा जिल्ला प्रशासनद्वारा विभागीय जिम्मेवारी तोकियो

चिया बगान श्रमिकका छोराछोरीका लागि आवासीय छात्रावास निर्माणको प्रस्ताव, उत्तरकन्यामा ज्ञापनपत्र पेश

चिया बगान श्रमिकका छोराछोरीका लागि आवासीय छात्रावास निर्माणको प्रस्ताव, उत्तरकन्यामा ज्ञापनपत्र पेश

समरदुङ टनल दुर्घटना: १३ शव उद्धार, एनएचपीसीद्वारा मृतकका परिवारलाई ५–५ लाख रुपैयाँ राहत घोषणा

समरदुङ टनल दुर्घटना: १३ शव उद्धार, एनएचपीसीद्वारा मृतकका परिवारलाई ५–५ लाख रुपैयाँ राहत घोषणा

आजको रोजाइ